बुटवलमा लगातार अग्रता बढाउँदै कांग्रेसका खेलराज – देशसञ्चार

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले एमाले उम्मेदवारसँगको अन्तरलाई थप फराकिलो बनाएका छन्। बुटवल

सम्बन्धित सामग्री

रवीन्द्र मिश्रले अग्रता बढाउँदै

काठमाण्डाै – काठमाण्डौ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रले अग्रता बढाउँदै हुनुहुन्छ ।  पछिल्लो मत परिणामअनुसार मिश्रले तीन हजार हजार ५८ मत ल्याउनुभएको छ । उहालाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार आठ सय ७३ मतसहित पछ्याइ रहनुभएकाे छ ।   यस्तै नेकपा एमालेका किरण पाैडेलले एक हजार सात सय २९ मत प्राप्त गरी तेस्राे स्थानमा हुनुहुन्छ ।

बाजुरा बुढीगंगा निर्वाचन अपडेटः एमालेले अग्रता बढाउँदै

धनगढी – बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले अग्रता बढाउँदै लगेको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १७३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खाती १०३० मत प्राप्त गरेका छन्। उनिहरु दुईबीचको अन्तर ७०२ रहेको छ। त्यस्तै, उपप्रमुखमा पनि एमालेकी मायाकुमारी खड्का कुवँर १६८७ मत ल्याउँदै अगाडि छिन् […]

काठमाडौँको मेयरमा निरन्तर अग्रता बढाउँदै बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बढाउँदै लगेका छन्। हालसम्म ३२ हजार ७३२ मत गणना हुँदा बालेन १२ हजार ५९२ मतसहित अगाडि छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ६ हजार ८६० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ६ हजार २४ मतसहित तेस्रो स्थानमा रहेकी छन्। […]

काठमाडौं महानगरमा बालेनले अग्रता बढाउँदै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४६४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २४०५ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन् ।

चौतारामा अग्रता बढाउँदै सभामुख सापकोटाका भाइ

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी–एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेका सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटाले अग्रता बढाउँदै लगेका छन्।...

धनगढी अग्रता बढाउँदै गोपाल हमाल, कांग्रेसका नृप साढे तीन सय बढी मतले पछि

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन् ।

काठमाडौँमा अग्रता बढाउँदै बालेन

काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

बुटवलमा अग्रता बढाउँदै काँग्रेस, एमाले तेस्रो

बुटवल उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता बढाउँदै लगेका छन् । अहिलेसम्म बुटवल वडा न १ को ९०० मत गणना सकिएको छ । उक्त वडामा नेपाली काँग्रेसका खेलराज पाण्डेले ४ सय २२ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ सय १५ र नेकपा एमालेका बाबुराम भटराईले १६० मत पाएका छन् ।

अपडेटः अग्रता बढाउँदै अघि बढे इन्द्र बानियाँ

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा इन्द्र बानियाँले अग्रता बढाउँदै लगेका छन् । ८०४ मत गन्दा बानियाँले ४१८ र सभापतिका अर्का दावेदार जगदीश्वर नरसिंह केसीले ३८० मत ल्याएका छन् ।

साढे ६ बजेको अपडेटः लिङ्देनले अग्रता बढाउँदै

राप्रपाको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।  अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै बनाउँदै लगेका छन् । बिहान साढे ६ बजेको मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।