काठमाडौं महानगरमा बालेनले अग्रता बढाउँदै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४६४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २४०५ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन् ।