स्वास्थ्य क्षेत्रमा विश्वसनीयता बढाउन जरुरी छ : गणेश तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रमा विश्वसनीयताको अभाव भएको बताएका छन् । उनले मुलुकको स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आज (आइतबार) आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिड […]

सम्बन्धित सामग्री

बीआरआईको नक्कली जामाले संकटमा पोखरा विमानस्थल

६ असार, काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा तामझामका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनापछि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान भयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र ‘ड्रागन बोट रेस’ महोत्सवमा सहभागी हुने चिनियाँ खेलाडी लिएर सिचुवान एअरलाइन्सको चार्टर्ड न्यारोबडी ए ३१९ जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेको थियो । पहिलो अन्तर्राष्ट्रिय उडानको […]

सरकारले डिक्लेयर गर्नुपर्छ रुसप्रतिको धारणा के हो? : अध्यक्ष तिमिल्सिना (भिडियो)

काठमाडौँ – रुसले नेपालको विकासका लागि गर्न चाहेको सहयोगलाई सरकारले रोकेको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना आक्रोशित छन्। गत महिना भएको आफ्नो रुस भ्रमणबाट उठान भएको विषयलाई परराष्ट्र मन्त्रालयले रोकेको भन्दै तिमिल्सिनाले छिटो जवाफ दिन ताकेता गरिरहेका छन्। छलफलका आधारमा रुसले औपचारिक पत्र नेपाल सरकारलाई पठाएको छ। वैशाख २१ गते रुसी दूतावासमार्फत परराष्ट्र मन्त्रालय पुगेको […]

राष्ट्रिय सभा अध्यक्ष आज रुस भ्रमणमा जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज रुसको औपचारिक भ्रमण जाँदै छन्।  रुसको माथिल्लो सदनका अध्यक्ष भेलेन्टिना मटभिन्कोको औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्।  सो सन्दर्भमा बुधबार...

जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक छ : गणेश तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताएका छन् । जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आज यहाँ आयोजना गरेको ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताए । […]

कर्मचारीले नेताको चाप्लुसी गर्न नछाडेसम्म देश बन्दैन : गणेश तिमिल्सिना

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्ने बताएका छन्। बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामति सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा अधिकांश प्रदेशमा धेरै नै उठिरहेको भन्दै सरकारले अहिले नै निजामति सेवा ऐन विधेयक राष्ट्रिय सभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट पास हुने बताए। सरकारले अहिले विधेयक पेस नगरेको खण्डमा भने अह

टिकट पाउन पुराना नेताको अन्त्य हुनुपर्ने देखियो : गणेश तिमिल्सिना

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिले अधिकांश पार्टीमा कहिले पुराना नेताहरुको जीवन अन्त्य हुन्छ र पार्टीले टिकट देला भन्ने मनसायले प्रार्थना गरेर बस्नुपर्ने स्थिति देखापरेको बताएका छन्।अबको निर्वाचनमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको उनले बताए।मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना धुलिखेल जिपलाइनमा सरर (भिडियो)

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धुलिखेलको जिपलाइनको अनुभव लिएका छन् । शनिवार धुलिखेलस्थित थाक्लेडाँडामा पुगेका उनले जिपलाइनको अनुभव लिएपछि साह्रै रमाइलो भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा यस्ता जिपलाइनको दुरी अझै बढाउन सुझाव समेत दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि जिपलाइनको अनुभव लिएका थिए । काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई खावा, पाँचख

​एमालेका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित

काठमाडौं,फागुन ३० – नेकपा एमालेका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तिमल्सिनालाई ...

राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्। उनलाई राष्ट्रिय सभाको बुधबारको बैठकले निर्विरोध अध्यक्ष बनेको घोषणा गरेको हो।