सरकारले कोरोनाविरुद्धको खोपको दोस्रो डोज अभियान शुक्रबार साउन २२ गतेदेखि सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो। गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो डोज खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको […]