नेप्सेमा १ करोड ७० लाख कित्ता शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार  १ करोड ७० लाख कित्ता शेयर सुचिकृत भएको छ । आज मेगा बैंक र एक्सेल डेभलपमेन्ट बैंकको गरि कुल १ करोड ७० लाख ८८ हजार ३ सय २८ दशमलव ६३१२ कित्ता शेयर सुचिकृत भएको हो । मेगा बैंकको बोनस शेयर सुचिकृत भएको हो भने एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुचिकृत भएको हो । मेगा बैंकको १० प्रतिशतले हुन आउने १ करोड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलव ९५७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशतले हुन आउने २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

सम्बन्धित सामग्री

अपि पावरले १ करोड ६५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने

अपि पावर कम्पनीले शेयरधनीहरूलाई लक्षित गर्दै हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

आईएफआईसी नविल बैंकबाट बाहिरिँदै, १ करोड ७७ लाख कित्ता सेयर विक्रीमा

नविल बैंकको संस्थापक सेयरधनी इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्श (आईएफआईसी) बैंक नेपालबाट बाहिरिने भएको छ । तत्कालिन नेपाल बंगलादेश बैंकको संस्थापक सेयरधनी सो बैंक नविल बैंकमा मर्ज भएपछि नविल बैंकबाट पनि बाहिरिन लागेको हो ।आइएफआईसीले नविल बैंकमा रहेको आफ्नो १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर विक्रीको लागि बैंक संचालक समितिमा निवेदन दिएको छ । आईसीएफसीले दिएको निवेदन अनुसार नविल बैंक संचालक समितिले उक्त सेयर विक्रीका लागि सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।पहिलो चरणमा सो सेयर

नेप्सेमा ङादी ग्रुप पावरको १ करोड कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको १५० प्रतिशत हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता शेयर सुचिकृत भएको हो । कम्पनीले  साउन १८ गतेदेखि  भदौ ७ गतेसम्म हकप्रद  बिक्रि खुला गरेको थियो। कम्पनीले चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म  कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने ब्यबस्था थियो।  कम्पनीले हकप्रदमा बिक्रि नभएको १२ लाख ५७ हजार २ सय ९० कित्ता शेयर लिलाम मार्फत बिक्रि गरेको थियो  । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो ।

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी हुने

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता बराबरको सेयर लिलामी हुने भएको छ । कम्पनीले आउँदो असोज २ गतेबाट सर्वसाधारण तर्फको कुल १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री गर्ने भएको हो ।  कम्पनीले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।जसमध्ये प्राथमिक चरणमा कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । जति बेला खुल्ला गरेको हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर पुनः लिलामीमा ल्या

नेप्सेमा पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बितरण गर्नको लागि पारित गरेको १६.५० प्रतिशत बोनस शेयर बराबरको १ करोड ६५ लाख कित्ता बोनस शेयर सुचिकृत भएको हो।शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्नको लागि प्रस्ताव गरेको  १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश पारित गरेको थियो। त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२  प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ।

अपि पावरले पायो हकप्रद निष्काशनको स्वीकृति, १ करोड ८ लाख सेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डमार्फत हकप्रद सेयर निष्काशनको स्वीकृत पाएको छ । बिहीबार कम्पनीले बोर्ड मार्फत  १० बराबर ३.९३२६९२६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । योसँगै कम्पनीले कुल १ करोड ८ लाख ६० हजार कित्ता सेयर जारी गर्न पाउने भएको छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनी बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त समेत समेत गरिसकेको छ ।कम्पनीले गत असोज २५ गते हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि बोर्डमा निवेदन दिएको थियो ।हाल कम्पनीको

नेप्सेमा १ करोड ८४ लाख कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १ वाणिज्य बैंकसहित २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल १ करोड ८४ लाख ८० हजार ६ सय १४ दशमलव ०७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज नेपाल बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ९.१ प्रतिशतले हुन आउने ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   ।

नेप्सेमा २ कम्पनीको गरि १ करोड ७३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको गरि १ करोड ७३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा सिटिजन्स बैंक र सगरमाथा इन्स्योरेन्सको गरि कुल १ करोड ७३ लाख ४१ हजार ८ सय ५४ दशमलव २ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।आज सिटिजन्स बैंकको १२.९१३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ४० हजार ५ सय ८ दशमलव ९१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै आज सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशतले हुन आउने ११ हजार १ हजार ३ सय ४५ दशमलव २९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

न्यादी हाइड्रोपावरको १ करोड ५० लाख कित्ता आईपीओ सूचीकृत

मंसिर ८, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९४ दशमलव १३ देखि २८२ दशमलव ३९ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २५ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता गरेर कुल १ करोड ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ । मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बिहिवारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । त्यसैगरी कम्पनीले सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा एनएमबि क्यापिटलबाट हुने नेप्से मार्फत जानकारी गराएको छ ।