आईएफआईसी नविल बैंकबाट बाहिरिँदै, १ करोड ७७ लाख कित्ता सेयर विक्रीमा

नविल बैंकको संस्थापक सेयरधनी इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्श (आईएफआईसी) बैंक नेपालबाट बाहिरिने भएको छ । तत्कालिन नेपाल बंगलादेश बैंकको संस्थापक सेयरधनी सो बैंक नविल बैंकमा मर्ज भएपछि नविल बैंकबाट पनि बाहिरिन लागेको हो ।आइएफआईसीले नविल बैंकमा रहेको आफ्नो १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर विक्रीको लागि बैंक संचालक समितिमा निवेदन दिएको छ । आईसीएफसीले दिएको निवेदन अनुसार नविल बैंक संचालक समितिले उक्त सेयर विक्रीका लागि सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।पहिलो चरणमा सो सेयर