नेप्सेमा १ करोड ८४ लाख कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १ वाणिज्य बैंकसहित २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल १ करोड ८४ लाख ८० हजार ६ सय १४ दशमलव ०७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज नेपाल बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ९.१ प्रतिशतले हुन आउने ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   । 

सम्बन्धित सामग्री

लक्ष्मी सनराइज बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस शेयर मंगलवार (आज) सूचीकृत भएको छ । बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  बैंकले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि पनि पारित गरेको थियो ।

लक्ष्मी सनराइज बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस शेयर मंगलवार (आज) सूचीकृत भएको छ । बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  बैंकले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि पनि पारित गरेको थियो ।

तीन कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर आइतवार (आज) सूचीकृत भएको छ । नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कुल १ करोड २२ लाख ६२ हजार ८४३ दशमलव ३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यी तीनओटै कम्पनीका शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  त्यस्तै शिवम सिमेन्ट्सको ६२ लाख ७० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले मङ्सिर ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

सानिमा बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको बोनस शेयर बुधवार सूचीकृत भएको छ । कम्पनीको १ करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले कात्तिक २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले करसहित ५ दशलमव ७० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।  कम्पनीले असोज ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले १० दशमलव ५३ प्रतिशत नगद लाभांश करसहित पारित गरिसकेको छ ।

माछापुच्छ्रे बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । बैंकले असोज १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशलमव ३० प्रतिश बोनस शेयर सूचीकृत गराएको हो ।

नेप्सेमा पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बितरण गर्नको लागि पारित गरेको १६.५० प्रतिशत बोनस शेयर बराबरको १ करोड ६५ लाख कित्ता बोनस शेयर सुचिकृत भएको हो।शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्नको लागि प्रस्ताव गरेको  १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश पारित गरेको थियो। त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२  प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ।

निफ्रासहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन ५, काठमाडमौं ।  तीन ओटा अलग - अलग कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । शाइन रेसुङ्गा  डेभलपमेण्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिभिल बैंकको बोनस शेयर सूचीकृत भएको हो । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ३७ लाख २५ हजार ४५१ दशमलव ०५२५ कित्ता बोनस शेयर, निफ्राको १ करोड ६० लाख कित्ता र सिभिल बैंकको ४३ लाख २१ हजार ८३० दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । अब यो बोनस शेयर सम्बन्धित शेयधनीको हितग्राही खातमा आएपछि खरीदविक्री गर्न सकिनेछ ।

नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको १ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा बैंक अफ काठमांडू र लुम्बिनी विकास बैंकको गरि कुल १ करोड ३४ लाख ३६ हजार ५ सय ६६ दशमलव ०३९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । बिओकेको १० प्रतिशतले हुन आउने ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता बोनस शेयर र लुम्बिनी विकास बैंकको १३ प्रतिशतले हुन आउने ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

नेप्सेमा २ कम्पनीको गरि १ करोड ७३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको गरि १ करोड ७३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा सिटिजन्स बैंक र सगरमाथा इन्स्योरेन्सको गरि कुल १ करोड ७३ लाख ४१ हजार ८ सय ५४ दशमलव २ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।आज सिटिजन्स बैंकको १२.९१३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ४० हजार ५ सय ८ दशमलव ९१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै आज सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशतले हुन आउने ११ हजार १ हजार ३ सय ४५ दशमलव २९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।