संघीयता नेपाललाई चाहिँदैन्, यसलाई खारेज गर्नुपर्छ : मोहनविक्रम सिंह (भिडिओसहित)

काठमाडौं, ८ साउन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालबाट कम्युनिष्ट पार्टी कहिल्यैपनि अन्त्य नहुने दाबी गरेका छन् । नेपालबाट कम्युनिष्ट आन्दोलन समाप्त भयो भनेर भन्नु गलत हुने उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो उद्देश्यअनुसार काम गरेको […]

सम्बन्धित सामग्री

एमालेलाई परास्त गर्न गठबन्धन अपरिहार्य  : मोहनविक्रम सिंह

धनगढी – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन्। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए। ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्त्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र […]

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए ।‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएका छन्, यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन ।’एमाले

प्रतिगामी खतरा तत्कालका लागि टरेको हो, पूरै समाप्त भएको होइन : मोहनविक्रम सिंह

बुटवल । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह प्रतिगामी खतरा तत्कालका लागि टरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– ‘तत्कालका लागि प्रतिगमनको कदम केही समयका लागि रोकिएको हो तर खतरा भने विद्यमान रहेको छ ।’ सर्वोच्च अदालतले गरेको संसद पुनःस्थापनासम्बन्धी फैसलाको सन्दर्भमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सर्वोच्च अदालतको फैसलाबाट संविधानको रक्षा तथा गणतन्त्रको संस्थागत विकासमा थप बल पुग्ने बताउनुभयो । ‘यो स्थितिमा हामी अरू बढी सचेत र सङ्गठित भएर आन्दोलनमा सक्रिय सहभागिता जनाउनपर्छ’ उहाँले भन्नुभयो । राष्ट्रिय जनमोर्चा रूपन्देहीको आयोजनामा २०७७ फागुन १४ गते सम्पन्न कार्यक्रममा प्रशिक्षण दिदै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । उक्त एकदिने प्रशिक्षण कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्ष बद्रे आलमले गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनमोर्चा रूपन्देहीका जिल्ला सचिव टानवहादुर केसीले गर्नुभएको थियो । प्रशिक्षणमा सहभागी हुनुभएको सहभागीहरूलाई महामन्त्री सिंहले देशको वर्तमान परिस्थिति र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । सङ्गठन र अनुशासनका विषयमा राजमो नेता सुरेश थापाले प्रशिक्षण दिनुभएको थियो ।

वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंह सम्मानित

प्रकाश जिसी/महोत्तरी ।। नेकपा (मसाल) का महामन्त्री वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंह आधारशीला परिवारबाट सम्मानित हुनुभएको छ । महोत्तरीको बर्दीबास नगरपालिका वडा नम्बर ३, गौरीडाँडामा रहेको १५ परिवार सम्मिलित आधारशीला परिवारले आफ्नो अठाह्रौँ स्थापना दिवसको अवसरमा फागुन ११ गते मोहनविक्रम सिंहसहित बयोवृद्ध कम्युनिस्ट नेता कृष्णराज बर्मालाई पनि सम्मान गरेको हो । परिवारको प्राङ्गणमा बृहत् सम्मान समारोह आयोजना गरिएको थियो । आधारशीला परिवारले कम्युनिस्ट नेताहरू विष्णुबहादुर मानन्धर र कमल कोइरालालाई सम्मान गर्ने कार्यक्रम राखिएको भए पनि बिरामीको कारण उहाँहरू उपस्थित हुन सक्नुभएको थिएन । सम्मान कार्यक्रममा बोल्दै मोहनविक्रम सिंहले विश्वमा लगातार समाजवाद स्थापनाको धेरै प्रयत्न भएको बताउनुभयो । कम्युनिस्ट आन्दोलनमा निरन्तरता धेरै जटिल बन्ने गरेको उल्लेख गर्दै निरन्तरताले नै आन्दोलन अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको पतन, विचलन, पलायन र अवसरवादको इतिहासको कुनै कमी नभएको चर्चा गर्नुभयो । सिंहले अबको कम्युनिस्ट आन्दोलन नयाँ पिंढीमा निर्भर रहेको बताउनुभयो । सिंहले कम्युनिस्ट आन्दोलनमा सामाजिक जीवन र व्यक्तिगत जीवनको अन्तर पहिल्याउन नसक्नु, व्यक्तिगत स्वार्थ हावी हुँदै जानु कम्युनिस्ट आन्दोलनको समस्या भएको बताउनुभयो । कम्युनिस्टहरूले सामूहिक पद्धति अपनाउने कुराले राष्ट्रिय महत्त्व राख्ने बताउनुभयो । समाजमा व्यक्तिगत स्वार्थ र सामाजिक स्वार्थको बीचमा संघर्ष हुने बताउनुभयो । उहाँले व्यक्तिगत हितको लागि सामाजिक स्वार्थमाथि कुठाराघात हुँदा कम्युनिस्ट आन्दोलनमा पतन हुँदै भएको बताउनुभयो । सिंहले कम्युनिस्ट आन्दोलनमा अध्ययनको पाटो बाहिरिंदै गएकोले समाजमा प्रतिक्रियावादी सोचाइ हावी हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले अध्ययन नगर्दा प्रतिक्रियावादी समाज हावी हुँदै जाने बताउनुभयो । कार्यक्रममा बोल्दै कृष्णराज वर्माले कम्युनिस्ट आन्दोलन धेरै कठिन भएको बताउँदै कम्युनिस्ट आन्दोलनले निरन्तरता र निष्ठा खोज्ने बताउनुभयो । निष्ठाबाट विचलित हुँदा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको बताउनुभयो । आफ्नो समयको स्मरण गर्दै बर्माले ‘सुरुमा तीन जनाको सेल बनाउन पनि तीनचार महिना लाग्ने र लगातार प्रशिक्षण गर्ने गरिन्थ्यो, सही मान्छे खोज्नको लागि गाउँगाउँमा पुगिन्थ्यो’ भन्नुभयो । त्याग, तपस्या र बलिदानले नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढेको बताउनुभयो । सम्मानित मोहनविक्रम सिंह र कृष्णराज वर्माले आधारशीलाको भवनमा स्थापना गरिएको ...

ओली सरकार जनताको शक्तिसामु धेरै टिक्दैनः मोहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाई छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फूटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे । उनले पछिल्लो समय राजावादीहरु प्नि सल

प्रचण्ड भेट्न खुमलटार पुगे मोहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ट खुमलटार पुगेका छन्। नेकपामा विभाजन देखिएको अवस्थामा दाहाल र सिंहबीच भेट भएको हो।

मोहनविक्रम सिंह पनि वाम एकतामा सामेल हुनसक्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु मोहनविक्रम सिंह पनि वाम एकतामा सामेल हुन तयार देखिएका छन् । उनले बिहीबार बिहान...