प्रतिगामी खतरा तत्कालका लागि टरेको हो, पूरै समाप्त भएको होइन : मोहनविक्रम सिंह

बुटवल । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह प्रतिगामी खतरा तत्कालका लागि टरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– ‘तत्कालका लागि प्रतिगमनको कदम केही समयका लागि रोकिएको हो तर खतरा भने विद्यमान रहेको छ ।’ सर्वोच्च अदालतले गरेको संसद पुनःस्थापनासम्बन्धी फैसलाको सन्दर्भमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सर्वोच्च अदालतको फैसलाबाट संविधानको रक्षा तथा गणतन्त्रको संस्थागत विकासमा थप बल पुग्ने बताउनुभयो । ‘यो स्थितिमा हामी अरू बढी सचेत र सङ्गठित भएर आन्दोलनमा सक्रिय सहभागिता जनाउनपर्छ’ उहाँले भन्नुभयो । राष्ट्रिय जनमोर्चा रूपन्देहीको आयोजनामा २०७७ फागुन १४ गते सम्पन्न कार्यक्रममा प्रशिक्षण दिदै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । उक्त एकदिने प्रशिक्षण कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा रूपन्देहीका अध्यक्ष बद्रे आलमले गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनमोर्चा रूपन्देहीका जिल्ला सचिव टानवहादुर केसीले गर्नुभएको थियो । प्रशिक्षणमा सहभागी हुनुभएको सहभागीहरूलाई महामन्त्री सिंहले देशको वर्तमान परिस्थिति र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । सङ्गठन र अनुशासनका विषयमा राजमो नेता सुरेश थापाले प्रशिक्षण दिनुभएको थियो ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन भत्कने सम्भावना छैन: मोहनविक्रम सिंह

रूपन्देही । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना नभएको बताएका छन् । उनले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने तर नेपालको राष्ट्रियता गम्भीर संकटमा परेको बताएका छन् । ‘देश अहिले गम्भीर संकटमा छ । गणतन्त्र, धर्मनिरपेक्षतालगायतका उपलब्धिहरु जोखिममा परेका छन्’, उनले भने, ‘प्रतिगमनकारीहरु अराजकता फैलाएर प्राप्त उपलब्धिहरु समाप्त पार्ने […]

संघीयता नेपाललाई चाहिँदैन्, यसलाई खारेज गर्नुपर्छ : मोहनविक्रम सिंह (भिडिओसहित)

काठमाडौं, ८ साउन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालबाट कम्युनिष्ट पार्टी कहिल्यैपनि अन्त्य नहुने दाबी गरेका छन् । नेपालबाट कम्युनिष्ट आन्दोलन समाप्त भयो भनेर भन्नु गलत हुने उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो उद्देश्यअनुसार काम गरेको […]

“राजनीतिक जीवनयात्राका चार दशक” : इतिहासका विद्यार्थीका लागि सन्दर्भ सामग्री

मोहनविक्रम सिंह ।। का. गिरधारीलाल न्यौपाने नेपालको कम्युनिस्ट आन्दोलनमा चार दशकदेखि सक्रिय रहँदै आउनुभएको छ । उहाँ आफू नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय हुन थालेपछि आफूले प्राप्त गरेका ज्ञान, अनुभव, अनुभूतिका साथै सङ्गठनात्मक जिम्मेवारीको सिलसिलामा प्रस्तुत गरिएका राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन, विभिन्न समयमा लेखिएका लेखरचना, अन्तर्वार्ता आदि विषय यो पुस्तकमा समेटिएका छन् । लेखक राजनीतिक कार्यकर्ता भएकाले उहाँले पुस्तक तयार गरिरहँदा आफ्नो राजनीतिक अभिभारा तथा नैतिक दायित्वलाई भरसक व्यवस्थित र सन्तुलित रूपमा प्रस्तुत गर्ने प्रयत्न गर्नुभएको छ । हामीले लेखकको त्यो जिम्मेवारीपूर्ण व्यवहारलाई धन्यवाद दिन चाहन्छौँ । हामीले यस्तो किन भन्न चाहन्छौँ भने धेरैजसो व्यक्तिहरूले पार्टी परित्याग गरिसकेपछि पूर्वाग्रहका कारण आफ्नो पूर्व इतिहासलाई आफैले समाप्त पार्ने गरेका छन् । हामीले यो भन्दैनौँ कि उनीहरूले हाम्रो पार्टी छोडेका वा हामी एउटै सङ्गठनमा रहन नसकेको कारणले हाम्रो पार्टीमा रहँदा निर्वाह गरेको भूमिकाको इतिहासलाई उनीहरू स्वयम्ले पूर्वाग्रहका साथ मास्दै जानुपर्दछ । उनीहरू स्वयम्ले त्यसको रक्षा गरेर भविष्यको पुस्तालाई सुम्पिने प्रयत्न गर्नुपर्दछ, जसबाट नयाँ पुस्ताले इतिहासबाट केही सिक्ने अवसर प्राप्त गर्न सक्दछ । त्यसका साथै यो कुराप्रति पनि गम्भीर ध्यान आकर्षित हुनुपर्दछ, वास्तवमा इतिहास त्यस्तो हुनुपर्छ, जो सत्यतथ्य विवरणका साथ वर्तमानमा उपस्थित हुन सकोस् । केही अपवादलाई छाडेर का. गिरधारीलालले त्यो कार्य इमान्दारीतापूर्वक गर्ने प्रयत्न गर्नुभएको छ । लेखकको चारदशक लामो राजनीतिक जीवनको मुख्य समय अर्थात् करिब तीन दशक हाम्रो पार्टीमा व्यतित भएको थियो । उहाँ हाम्रो पार्टीमा रहँदा कैयौँ महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभयो र तिनीहरूलाई पूरा गर्ने प्रयत्न पनि गर्नुभयो । पछि उहाँ हाम्रो पार्टीबाट अलग हुनुभयो र बेग्लै सङ्गठनमा सामेल हुनुभयो । त्यो उहाँको राजनीतिक तथा साङ्गठनिक स्वतन्त्रता हो, जसबारे निर्णय गर्न उहाँ स्वयम्लाई अधिकार हुन्छ । त्यसबारे हामीलाई अरू थप केही भन्नु छैन । का. गिरधारीलालको राजनीतिक यात्रा प्रवासबाट सुरु भएको थियो । हामीले उहाँको त्यो राजनीतिक यात्रालाई नजिकबाट बुझ्दछौँ । आफ्नो पुस्तकमा उहाँले त्यो कुरा उल्लेख गर्नुभएको छ । उहाँले प्रवासी नेपालीहरूको बिचमा रहेर जुन काम ...

संविधान मृत्युको मुखमा उभिएको छ, तर त्यसलाई बचाउनुपर्दछ

मोहनविक्रम सिंह ।। आजको सम्पूर्ण राजनीतिक स्थितिमाथि विचार गर्दा संविधान मृत्युको मुखमा उभिएको देखिन्छ । प्रथमतः संविधानको हत्या गर्नका लागि त्यो गर्भावस्थामा भएको बेलामा नै आक्रमण गरिएको थियो । जुन बेला संविधान सभाले संविधान निर्माण गर्ने काम गरिरहेको थियो, त्यो बेला नै भारतले त्यसको निर्माण रोक्नका लागि दबाब दिएको थियो । त्यसको निर्माण भइसकेपछि पनि त्यसलाई जारी गर्न नदिनका लागि जोड दिएको थियो । तर त्यसका बाबजुद संविधानको जन्म भयो । संविधान जारी भएपछि भारतले त्यसमा संशोधनको लागि दबाब दिएको थियो । आफूले भनेजस्तो संशोधन नगरेको हुनाले त्यसले अहिलेसम्म त्यो संविधानलाई स्वागत गरेको छैन । त्यो संविधान निर्माण गरेपछि मधेसवादीहरूले त्यसलाई जलाएका थिए । अहिले पनि उनीहरूले संविधानमाथि हमला गरिरहेका छन् । राजावादीहरूले सुरुदेखि नै गणतन्त्र र धर्म निरपेक्षता समाप्त गरेर राजतन्त्रको पुनःस्थापना र नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि अभियान चलाउँदै आइरहेका छन् । उनीहरूले संविधानको पुनर्लेखनको माग गरिरहेका छन् । कतिपय वामपन्थीहरूले पनि वर्तमान संविधान र गणतन्त्रलाई समेत प्रतिक्रियावादी बताएर तिनीहरूलाई खारेज गर्नका लागि आवाज उठाइरहेका छन् । उनीहरूको जोड यो कुरामा छ कि वर्तमान संविधान वा गणतन्त्रलाई समाप्त गरेर नयाँ जनवादी गणतन्त्र कायम गर्नुपर्छ । त्यो विचार क्रान्तिकारी हो, तर तात्कालिक परिस्थितिमा त्यो नीतिले नयाँ जनवादी गणतन्त्रको स्थापनामा मद्दत पुग्दैन, विद्यमान संविधान र गणतन्त्रलाई समाप्त गर्ने प्रतिगामी शक्तिको उद्देश्यमा नै मद्दत पुग्ने छ । हामीले पनि विद्यमान संविधान र गणतन्त्रप्रति विरोध राख्दछौँ । किनभने वर्तमान संविधान र गणतन्त्र दुबै अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गतका कुरा हुन्; र, तिनीहरूलाई समाप्त गरेर नयाँ जनवादी व्यवस्था कायम गर्ने आजको हाम्रो आधारभूत लक्ष्य हो । त्योबाहेक संविधानमा उल्लेखित सङ्घीयतासित पनि हाम्रो गम्भीर मतभेद छ । विद्यमान संविधान र गणतन्त्रप्रति हाम्रो विरोध भए पनि तात्कालिक अवस्थामा हामीले तिनीहरूको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । आजको अवस्थामा ती दुबैको ऐतिहासिक र प्रगतिशील महत्त्व छ । ती दुबैलाई समाप्त गर्नका लागि सङ्घर्ष गर्नुको अर्थ तिनीहरूका विरुद्धको भारतीय साम्राज्यवाद, राजावादी र मधेसवादीसमेतको प्रतिगामी नीतिको सेवा गर्नु ...

के संघीयताको विरोध गर्ने सबै राजनीतिक शक्तिहरूसित एकता उचित हुने छ ?

मोहनविक्रम सिंह ।। राजावादीहरूले सङ्घीयतालाई खारेज गर्नुपर्ने माग गरिरहेका छन् । ओली सरकारमाथि पनि सङ्घीयतालाई खारेज गर्न खोजेको आरोप लाग्ने गरेको छ । ती दुबै कुराहरूप्रति हाम्रो दृष्टिकोण के हो ?त्यसबारे हामीले केही प्रकाश हाल्न चाहन्छौँ । राजावादी, ओली सरकार वा अरू कुनै पनि पक्षले सङ्घीयताको विरोध गर्दछ तथा त्यस प्रकारका कुनै प्रयत्नबाट सङ्घीयता कमजोर हुन्छ वा त्यो खारेज पनि हुन्छ भने त्यो कुरालाई हामीले स्वागत नै गर्ने छौँ । एउटा उखान छ, कुचाले गर्ने काम बतासले गर्यो । त्यही प्रकारले सङ्घीयतालाई खारेज गर्ने काम कुनै पनि प्रकारको बतासले गर्दछ भने त्यो हाम्रा लागि खुसीको नै कुरा हुने छ । माथि सङ्घीयताको सन्दर्भमा राजावादी वा ओली सरकारबारे जे भनियो, त्यसलाई आजको ठोस राजनीतिक सन्दर्भमा नै बुझ्ने प्रयत्न गर्नुपर्दछ । राजावादीहरूले सङ्घीयताको विरोध गरे पनि उनीहरूको राजनीतिको प्रधान पक्ष राजतन्त्रको पुनस्र्थापना गर्नु तथा नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै रहेका छन् । समग्र रूपमा के भन्न सकिन्छ भने उनीहरूको राजनीतिले देशलाई प्रतिगमनको दिशामा नै लैजाने छ । त्यसैले उनीहरूले सङ्घीयताको विरोध गरे पनि हाम्रो नीति उनीहरूसित एकता गर्ने होइन, उनीहरूका विरुद्ध सङ्घर्ष गर्ने नै हुने छ । सामान्य रूपमा हामीलाई पहिले पनि थाहा भएको कुरा हो कि ओलीको झुकाव सङ्घीयतातिर छैन । अहिले पनि सङ्घीयतालाई खतम पार्ने दिशामा वा सङ्घीयताको प्रादेशिक संरचनालाई समाप्त गर्नका लागि उनले कुनै कदम उठाउछन् भने जस्तो पहिले पनि भनियो, त्यसलाई हामीले स्वागत नै गर्ने छौँ । तैपनि उक्त कारणले अहिले उनीसित मिलेर जाने कुनै सम्भावनालाई हामीले दृढतापूर्वक अस्वीकार गर्दछौँ; किनभने, उनको संसदको विघटनको कार्य असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी हो । त्यसकारण उनको त्यस प्रकारको कारबाहीका विरुद्धको सङ्घर्षले नै अहिले देशमा प्रधान महत्त्व राख्दछ ।

वर्तमान राजनीतिक स्थितिमा संयुक्त आन्दोलन राष्ट्रिय आवश्यकता

मोहनविक्रम सिंह ओली सरकारद्वारा संसदको विघटन पछि संयुक्त आन्दोलनको प्रश्न एउटा राष्ट्रिय प्रश्न भएको छ । नेपालमा संयुक्त आन्दोलनको लामो र सफल इतिहास रहेको छ । वर्तमान सन्दर्भमा पुनः त्यसको आवश्यकता बढेर गएको छ र त्यसलाई सफल पार्न हामीले प्रयत्न गर्नुपर्दछ । संसदको विघटनलाई हेर्ने प्रश्नमा विभिन्न राजनीतिक शक्तिहरुका बीचमा कैयौँ प्रकारका मतभेदहरु देखा परेका छन् । (नेकपा प्रचण्ड–माधव पक्ष) ले संसदको विघटनका विरुद्ध र त्यसको पुर्नस्थापनाको पक्षमा आन्दोलन गर्ने घोषणा गरेको छ र संघर्षका कैयौँ कार्यक्रमहरुको पनि संचालन गरिरहेको छ । मधेशवादीहरुले पनि संसदको विघटनको विरुद्ध तथा त्यसको पुर्नस्थापनाको माग गर्दै त्यसका लागि संघर्ष सुरु गरेका छन् । नेपाली काँग्रेसले संसदको विघटनको विरोध गरेको छ, तर त्यसको पुर्नस्थापनाको मागबारे उनीहरु अझै स्पष्ट रुपले अगाडि आउन सकेका छैनन् । कतिपय वामपंथी शक्तिहरुले विद्यमान संविधान, गणतन्त्र र संसदीय प्रणाली समेत पूरैलाई समाप्त गरेर तिनीहरुको विकल्प खोज्ने कुरामा जोड दिएका छन् र उनीहरुले संसद वा त्यसको पर्नुस्थापनाबारे समेत एजेण्डा नभएको बताएका छन् । तैपनि उनीहरुले संसदको विघटन प्रतिगामी÷प्रतिगमनोन्मुख, फासिष्टवादी कदम भएको बताउदै त्यसका विरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । उपरोक्त विभिन्न मतभेदहरुका बीचमा नै हामीले अहिलेको स्थितिमा संयुक्त आन्दोलन अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । संयुक्त आन्दोलनको सर्वमान्य सिद्धान्त यो हो कि सहमतिको आधारमा नै संयुक्त आन्दोलनको निर्माण गर्ने प्रयत्न हुन्छ । अहिले विभिन्न राजनैतिक शक्तिहरुका बीचमा कैयौँ प्रकारका मतभेदहरु भएपनि न्युनतम सम्भव् विषयमा सहमती कायम गरेर संयुक्त आन्दोलनलाई शक्तिशाली बनाउने प्रयत्न गर्नुपर्दछ । हाम्रो पार्टीले संसदको विघटनको विरोध गरेको छ र त्यसको पुर्नस्थापनाको माग अगाडि सारेको छ । नेकपा (मसाल) ले विद्यमान संविधान, गणतन्त्र वा बहुदलीय व्यवस्थालाई सैद्धान्तिक र रणनीतिक रुपले स्वीकार गर्दैन । संविधानमा भएको संघीयतासित पनि हाम्रो गंभीर प्रकारको मतभेद छ । तैपनि तात्कालिक वा कार्यनीतिक दृष्टिकोणले हामीले विद्यमान संविधान, गणतन्त्र र बहुदलीय व्यवस्थालाई समर्थन गर्दछौँ र तीनिहरुको रक्षा गर्नुपर्ने आवश्यकतमा जोड दिन्छौँ । एकातिर प्रतिगामी शक्तिहरुले ती सबैलाई समाप्त गर्नको लागि चलाईरहेको आन्दोलन र अर्कातिर ओली ...