एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए ।‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएका छन्, यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन ।’एमाले

सम्बन्धित सामग्री

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छः मोहनविक्रम सिंह

काठमाडौँ। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको बताएका छन्। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका हुन्।

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ, त्यसैले गठबन्धन आवश्यक छ : मोहनविक्रम सिंह

धनगढी- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए । ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि ...

एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ, त्यसैले गठबन्धन आवश्यक छ : मोहनविक्रम सिंह

धनगढी- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए । ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि ...

एमालेलाई परास्त गर्न गठबन्धन अपरिहार्य  : मोहनविक्रम सिंह

धनगढी – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन्। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए। ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्त्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र […]

हल्लैहल्लाको देश : के प्रतिगमनको खतरा पनि हल्ला मात्र हो वा… ?

मोहनविक्रम सिंह कतिपय मानिसहरूले नेपाल हल्लैहल्लाको देश हो भनेर लेख्ने वा भन्ने गरेको पनि पाइन्छ । हल्लाहरू हल्ला नै हुन्छन् । तर कतिपय बेला तिनीहरू…

संसद विघटन र प्रतिगमनको खतरा

मोहनविक्रम सिंह ।। अध्यक्ष, अतिथिगण र सहभागी महानुभावहरु, सर्वप्रथम, “संसद विघटन र प्रतिगमनको खतरा” विषयमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका सबै अतिथि र सहभागीलाई नेकपा (मसाल) का तर्फबाट अभिनन्दन गर्न चाहन्छौँ । १. ओली सरकारद्वारा संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो । ओलीको त्यो कदमबाट खाली असंवैधानिक तरिकाले संसदको विघटन मात्र भएको छैन । त्यो कदमबाट गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र संविधानमा समेत गम्भीर आघात पुग्ने सम्भावना देखापरेको छ । त्यसबाट देशभित्रका राजावादी र विदेशी साम्राज्यवादी शक्तिलाई फाइदा पुग्ने छ । उनीहरुले ओलीको कदमबाट देशमा उत्पन्न भएको राजनीतिक अस्थिरतालाई आफ्ना प्रतिगामी वा साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्न चाहन्छन् । त्यसैले ओली सरकारद्वारा संसदको विघटनलाई हल्का रुपमा नलिएर गम्भीर रुपमा लिनुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ । २. नेपालमा पहिले पनि संसदको विघटन गर्ने कार्य हुने गरेका थिए । तर पहिले राजा वा जनताद्वारा निर्वाचित प्रधानमन्त्रीले संसदको विघटन गर्दा कमसेकम त्यो बेलाका संविधानका धारामाथि टेकेर नै संसदको विघटन गरेका थिए । त्यसका विपरीत अहिले ओली सरकारले संसदको विघटन गर्दा संविधानका कुनै धाराका आधारमा होइन, स्वेच्छाचारी प्रकारले नै त्यसको विघटन गरेको छ । सर्वोच्चले सोधेर पठाएका प्रश्नको स्पष्टिकरणमा पनि उनले आफ्नो सङ्गठनभित्र उनका विरुद्ध घेराबन्दी गरिएको वा उनलाई काम गर्न नदिएकोले नै संसदको विघटन गरेको बताएका छन् । उनको त्यस प्रकारको जवाफले सर्वप्रथमतः उनको कदमका पछाडि कुनै संवैधानिक आधार नभएको कुरालाई नै बताउँछ । त्यसका साथै उनले दिएको जवाफले उनको कार्य असंवैधानिक भएको कुरालाई पनि बताउँछ । आफ्नो सङ्गठनभित्रको अन्तरकलहका कारणले संसदको विघटन गर्ने कार्यलाई कुनै पनि अवस्थामा तर्कसङ्गत भन्न सकिन्न । त्यो कुरा संविधान, कानुन वा राजनीतिको सामान्य ज्ञान भएको मान्छेलाई पनि थाहा भएको कुरा हो । ३. ओलीको आफ्नो सङ्गठनभित्रको कार्यविधि वा संसदको विघटन समेतमाथि विचार गर्दा उनको चरित्र व्यक्तिवादी र स्वेच्छाचारी भएको कुरामा कुनै शङ्का रहन्न । प्रथमतः कुनै पनि पार्टीको अध्यक्ष, प्रधानमन्त्री, सांसद वा पदाधिकारी जे भएपनि उसले आफ्नो ...