लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने

लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने तथा मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ । त्यसैगरी, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र  उमेश

सम्बन्धित सामग्री

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि बिहीवार हुँदै छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले बिहीवार साधारण सभा आयोजना गरेका हुन् ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिङ कालिका स्थान डिल्ली बजार, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूहअन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पीएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमतिबमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयरमध्ये २० प्रतिशत शेयर समानुपातिक रूपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरेसँगै भोलि बिहीवार अर्थात माघ २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।   लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ्ग कालिका स्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलई १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।सभा लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।  साथै यी दुबै कम्पनीको साधारण सभाले लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले ३ अर्ब पूँजी पुर्‍याउने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको पूँजी वृद्धि गर्ने भएको छ । १७औं वार्षिक साधारणसभामा विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पूँजी १ अर्ब २५ करोडबाट वृद्धि गरी ३ अर्ब कायम गर्ने भएको छ । चुक्ता पूँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने, मर्जरसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने […]

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं, २७ माघ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्तापूँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७६१९ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत […]

सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

जेठ १४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले सद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार २०५ र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७९१ तोकेको छ । सद्धार्थ इन्स्योरेन्सको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३५० र लुम्बिनी जनरल इन्स्योरेन्सको बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८३१ आधारमा शेयरमूल्य समायोजन भएको हो । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  सिद्धार्थ इन्स्योरेन्सले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी जेठ २८ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभा सिद्धार्थ इन्स्योरेन्स भवन बबरमहलमा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको हो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले जेठ २८ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा अपरान्ह ४ बजे कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी जेठ २८ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि शेयरधनीदर्ता पुस्तिका जेठ १४ गते बन्द गर्ने भएको छ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब १४ करोड १८ लाख रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. १ अर्ब १९ करोड ८८ लाख पुग्नेछ । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. १३ करोड ७७ लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १२ करोड ४ लाख नाफा कमाएको थियो । त्यसैगरी चालू आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १६ दशमलव ०८ रहेको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ८२७ कायम भएको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर बुलिसमा रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५८ दशमलव ४७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४ दशमलव ८७ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ८२७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८१२ मा टेवा पाउने र महँगिए रु. ८३५ मा प्रतिरोध पाउने देखिन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले आव्हान गर्‍यो १६औं वार्षिक साधारण सभा

जेठ ५, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते १६औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।  कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । सभा अपरान्ह्र ४ बजे शुरु हुने भएको हो ।  सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । सभाको अन्य प्रस्तावमा सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/७७ पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।   साधारण सभा र लाभांश प्रयोजनका लागि जेठ १४ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते

जेठ ३, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा जेठ २८ गते हुने भएको छ ।  कम्पनीले सभा अपरान्ह ४ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभाले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका जेठ १४ एक दिन बन्द हुनेछ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा १० % लाभांश प्रस्ताव

वैशाख ३, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको बैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।