लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

जेठ १२, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार रहेको छ ।  लुम्बिनी जनरल इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १४ र सिद्धार्थ इन्स्योरेन्सले जेठ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म लाभांश सुरक्षित गनुपर्ने भएको हो ।   लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले जेठ २८ गते साधारण सभा बोलाएको छ । सभा अपरान्ह ४ बजे कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ ।  त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी जेठ २८ गते साधारण सभा बोलाएको हो । सभा सिद्धार्थ इन्स्योरेन्स भवन बबरमहलमा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरेसँगै भोलि बिहीवार अर्थात माघ २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।   लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ्ग कालिका स्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलई १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।सभा लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।  साथै यी दुबै कम्पनीको साधारण सभाले लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।