लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते

जेठ ३, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा जेठ २८ गते हुने भएको छ ।  कम्पनीले सभा अपरान्ह ४ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभाले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका जेठ १४ एक दिन बन्द हुनेछ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।  

सम्बन्धित सामग्री

लुम्बिनी जनरलको साधारणसभाबाट लाभांश पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको […]

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि बिहीवार हुँदै छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले बिहीवार साधारण सभा आयोजना गरेका हुन् ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिङ कालिका स्थान डिल्ली बजार, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूहअन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पीएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमतिबमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयरमध्ये २० प्रतिशत शेयर समानुपातिक रूपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरेसँगै भोलि बिहीवार अर्थात माघ २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।   लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ्ग कालिका स्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलई १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।सभा लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।  साथै यी दुबै कम्पनीको साधारण सभाले लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३० असार । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७ र ०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश […]

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक सभा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

शुक्रवार ५ ओटा कम्पनीको साधारण सभा हुँदै

जेठ २७, काठमाडौं । शुक्रवार ५ ओटा कम्पनीको साधारण सभा हुँदैछ । हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा गर्न लागेका हुन् ।  हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ । सभाले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १२ गतेसम्मका कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।  लुम्बिनी जनरल इन्स्योरेन्सले सभा बेलुका ४ बजे गर्ने जानकारी गराएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १३ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।  त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले सिद्धार्थ भवनमा बिहान ११ बजे सभा शुरु गर्ने भएको हो । सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीको लाभांश जेठ १३ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् ।  त्यस्तै, नेपाल फाइनान्सले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा र ललितपुर फाइनान्सले केन्द्रिय कार्यालय लगनखेलमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी गराएका हुन् । यी दुवै कम्पनीको सभाको नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गर्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले आव्हान गर्‍यो १६औं वार्षिक साधारण सभा

जेठ ५, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते १६औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।  कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । सभा अपरान्ह्र ४ बजे शुरु हुने भएको हो ।  सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । सभाको अन्य प्रस्तावमा सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/७७ पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।   साधारण सभा र लाभांश प्रयोजनका लागि जेठ १४ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोलायो बार्षिक साधारण सभा

काठमाडौँ / लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारण सभा र बुक क्लोज मिति तोकेको

लुम्बिनी जनरल इन्स्योरेन्सको १५ औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार कम्पनीको कार्यालय ज्ञानेश्वरमा भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरेको कम्पनीले जनाएको छ।