लुम्बिनी जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी जेठ २८ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि शेयरधनीदर्ता पुस्तिका जेठ १४ गते बन्द गर्ने भएको छ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब १४ करोड १८ लाख रहेको छ । ५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. १ अर्ब १९ करोड ८८ लाख पुग्नेछ । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. १३ करोड ७७ लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १२ करोड ४ लाख नाफा कमाएको थियो । त्यसैगरी चालू आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १६ दशमलव ०८ रहेको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ८२७ कायम भएको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर बुलिसमा रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५८ दशमलव ४७ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४ दशमलव ८७ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ८२७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८१२ मा टेवा पाउने र महँगिए रु. ८३५ मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स गाभिने प्रस्ताव पारित

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गरेको छुट्टाछुट्टै साधारणसभाले

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि बिहीवार हुँदै छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले बिहीवार साधारण सभा आयोजना गरेका हुन् ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिङ कालिका स्थान डिल्ली बजार, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूहअन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पीएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमतिबमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयरमध्ये २० प्रतिशत शेयर समानुपातिक रूपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने

१४ पुस, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । १३ मंसिर बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको ७ प्रतिशत […]

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता

काठमाडौं, २६ भदौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्न सक्ने भएका छन् । बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि बीमितहरुले उपचार सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. […]

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नसक्ने भएका छन् ।यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक सभा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

१ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स

मंसिर ६, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २५० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन, तथा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोलायो बार्षिक साधारण सभा

काठमाडौँ / लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारण सभा र बुक क्लोज मिति तोकेको

लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंकबीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंक लिमिटेडका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरे ।