ताप्लेजुङमा प्रमुख पद जित्नेमा काँग्रेस र समग्रमा बढी पद जित्नेमा एमाले पहिलो

प्रमुख पदमा नेपाली काँग्रेसभन्दा पछि परेर दोस्रो भएको एमालेले ताप्लेजुङका स्थानीय तहका कूल पदमा भने काँग्रेसलाई पछि पारेको छ।...

सम्बन्धित सामग्री

कार्यपालिका निर्वाचनमा राप्रपाले सघायो एमालेलाई, भद्रपुरमा सहकार्य गर्ने सङ्केत

झापा : भद्रपुर नगरपालिकामा नेकपा (एमाले) र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरू आपसमा सहकार्य गरी अघि बढ्ने सङ्केत देखिएको छ। भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भद्रपुरमा ५२ सदस्यका लागि नेकपा एमाले, राप्रपा, जसपा लगायतका अन्य साना दलहरू एक्लाएक्लै प्यानल बनाएर निर्वाचन लडेका थिए।नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गठबन्धन बनाएर निर्वाचन लडेका थिए। निर्वाचनमा आएको मत परिणामअनुसार प्रमुख पद एमालेले नजिते पनि भद्रपुर नगरपालिकामा एमालेको एकल बहुमत रहेको छ।

६८४ ओटा स्थानीय तहको मत परिणाम सार्वजनिक : नेपाली काँग्रेस अग्रस्थानमा

जेठ ७, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत हालसम्म ६८४ ओटा स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । निर्वाचन आयोगका अनुसार शनिवार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जना जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्षमा ४४६ जना जनप्रतिनिधि विजयी भएका छन् ।  यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।    कुल ७५३ स्थानीय तहमा निर्वाचन भएता पनि कतिपय स्थानमा अझै मतगणना जारी रहेको छ भने कतिपय स्थानको मतगणना नै गर्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणाममा नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेसले सबैभन्दा बढी एक महानगरसहित ११९ ओटा नगरपालिका र १८४ ओटा गाउँ पालिकाको प्रमुख पदमा विजय हासिल गरेको छ।  यस्तै नेकपा (एमाले) ले ६५ ओटा नगर र १२०ओटा गाउँपालिकासहित १८५ ओटा पालिकामा प्रमुख पद जितेको छ। नेकपा (माओवादी केन्द्र) ले २१ ओटा नगरपालिका र ९६ ओटा गाउँपालिकासहित ११७ ओटा पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा (एकीकृत समाजवादी) ले एक उपमहानगरसहित १६ ओटा पालिकामा प्रमुख पद जितेको छ।  जनता समाजवादी पार्टी(जसपा) ले २३ ओटा पालिकामा प्रमुख पद जित्दा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले १० ओटा पालिकामा प्रमुख पद जितेको छ।  अन्य २६ ओटा पालिकामा अन्य राजनीतिक दलका उम्मेदवारले विजय हासिल गरेका छन्।       त्यसैगरी नेकपा(एमाले) दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

लमजुङका आठ स्थानीय तहमा काँग्रेस र एमालेका चार/चार विजयी

लमजुङ । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार/चार स्थानीय तहमा काँग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा काँग्रेसले प्रमुख पद जितेको छ । जिल्लामा काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतको गठबन्धन रहेको थियो भने […]

मकवानपुरमा एमालेविरुद्ध ५ दलीय गठबन्धन, समाजवादीले खोज्यो २५ प्रतिशत भाग !

२०७४ को निर्वाचनलाई आधार मान्दा मकवानपुरमा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । एमालेले गत निर्वाचनमा मकवानपुरको १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा पालिका प्रमुख पद जितेको थियो भने ८ वटा पालिकामा उपप्रमुख पद जितेको थियो ।यस्तै ३ वटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन भएकामा एउटामा सफल भएको थियो । उक्त गठबन्धनका कारण माओवादी केन्द्रले पालिका प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो । मकवानपुरको एक पालिकामा माओवादी केन्द्रले एकल रूपमा प्रमुख जितेको थियो । यता काँग्रेसले भने

स्थानीय तह निर्वाचन : गुल्मीमा कसले मार्ला बाजी ?

गुल्मी । अघिल्लो निर्वाचनमा गुल्मी नेकपा एमालेको गढका रुपमा देखिएको थियो तर आगामी निर्वाचनमा भने एमालेलाई आफ्नो त्यो वर्चश्व जोगाउन त्यति सहज देखिएको छैन । किनकि यसबीचमा नेकपा एमाले विभाजन भइसकेको छ भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलबीच चुनावी तालमेलका लागि पहल भइरहेको छ ।२०७४ सालको निर्वाचनमा गुल्मीका १२ वटा पालिकामध्ये एमालेले ७ वटामा प्रमुख पद र १० वटामा उपप्रमुख पदमा जित हासिल गरेको थियो । तर हाल एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठ