६८४ ओटा स्थानीय तहको मत परिणाम सार्वजनिक : नेपाली काँग्रेस अग्रस्थानमा

जेठ ७, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत हालसम्म ६८४ ओटा स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । निर्वाचन आयोगका अनुसार शनिवार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जना जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्षमा ४४६ जना जनप्रतिनिधि विजयी भएका छन् ।  यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।    कुल ७५३ स्थानीय तहमा निर्वाचन भएता पनि कतिपय स्थानमा अझै मतगणना जारी रहेको छ भने कतिपय स्थानको मतगणना नै गर्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणाममा नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेसले सबैभन्दा बढी एक महानगरसहित ११९ ओटा नगरपालिका र १८४ ओटा गाउँ पालिकाको प्रमुख पदमा विजय हासिल गरेको छ।  यस्तै नेकपा (एमाले) ले ६५ ओटा नगर र १२०ओटा गाउँपालिकासहित १८५ ओटा पालिकामा प्रमुख पद जितेको छ। नेकपा (माओवादी केन्द्र) ले २१ ओटा नगरपालिका र ९६ ओटा गाउँपालिकासहित ११७ ओटा पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा (एकीकृत समाजवादी) ले एक उपमहानगरसहित १६ ओटा पालिकामा प्रमुख पद जितेको छ।  जनता समाजवादी पार्टी(जसपा) ले २३ ओटा पालिकामा प्रमुख पद जित्दा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले १० ओटा पालिकामा प्रमुख पद जितेको छ।  अन्य २६ ओटा पालिकामा अन्य राजनीतिक दलका उम्मेदवारले विजय हासिल गरेका छन्।       त्यसैगरी नेकपा(एमाले) दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।   

सम्बन्धित सामग्री

७०३ पालीकाको नतिजा सार्वजनिक : कुन दलले कति पालीका जिते ?

काठमाडौँ । ‘स्थानीय तह निर्वाचन २०७९’ को मत परिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो देशभरका ७५३ वटा स्थानीय तह मध्ये ७ सय ३ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच नै मुख्य प्रतिस्पर्धा छ । नतिजा सार्वजनिक भएका पालीका मध्ये काँग्रेस अग्र स्थानमा […]

जुम्लामा एमाले शून्य बन्दा काँग्रेसलाई फलिफाप

स्थानीय तह निर्वाचन अन्तर्गत जुम्लाका आठ वटै पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । मत परिणाम नेकपा एमालेका लागि भने सुखद् रहेन । जुम्लाका पाँच पालिकामा नेपाली काँग्रेसले जित निकाल्यो भने दुई पालिकामा माओवादी र एक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।माओवादी केन्द्रको बलियो गढ मानिएको गुठीचौर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भयो । यो पालिकाको अध्यक्षमा नेपाली काँग्रसका दानबहादुर बुढा निर्वाचित भए । बुढाले १ हजार ७७५ मत ल्याए भने नेकपा एकीकृत समाजवादीका जनक थकालीले १ हजार ६०२ मत र नेकपा

पैँसट्ठी पालिकाको मत परिणाम सार्वजनिक

कर्णाली प्रदेशको स्थानीय तह निर्वाचनको मतगणना करिब अन्तिम चरणमा छ । कर्णालीका ७९ पालिकामध्ये बुधबार दिउँसोसम्म ६५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म मतगणना सम्पन्न भएका सबै पालिकालाई आधार बनाएर हेर्दा नेपाली काँग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेपाल कम्युनिस्ट पार्टी (एमाले) तेस्रो स्थानमा देखिएका छन् । काँग्रेसले २९, माओवादीले १९ र एमालेले १० पालिकामा जित हासिल गरेको छ । यस्तै एकीकृत समाजवादीले तीन र स्वतन्त्र चार पालिकामा विजयी भएका छन् । पाँच पालिकाको मत सार्वजनिक

४ सय ४८ पालीकाको परिणाम सार्वजनिक, कसले कति पालीका जिते ?

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हाल सम्म देशभरका ७५३ वटा स्थानीय तह मध्ये ४ सय ४८ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । मत परिणाम सार्वजनिक भएका पालीका मध्ये काँग्रेस […]

डडेल्धुरामा नेपाली काँग्रेस ४ र नेकपा माओवादी केन्द्र २ पालिकामा विजयी

डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले चार र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहमा जित हात पारेको छ । एक स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ ।