२०७४ को निर्वाचनलाई आधार मान्दा मकवानपुरमा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । एमालेले गत निर्वाचनमा मकवानपुरको १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा पालिका प्रमुख पद जितेको थियो भने ८ वटा पालिकामा उपप्रमुख पद जितेको थियो ।यस्तै ३ वटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन भएकामा एउटामा सफल भएको थियो । उक्त गठबन्धनका कारण माओवादी केन्द्रले पालिका प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो । मकवानपुरको एक पालिकामा माओवादी केन्द्रले एकल रूपमा प्रमुख जितेको थियो । यता काँग्रेसले भने