काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने खेल भइरेको बताएका छन्। उनले सत्ता गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको दाबी गरेका छन्। माओवादीले पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा योजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले भने, ‘हामीले कुनै देश विशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन।’एमसीसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच मतभेद भएका बेला प्रचण्डक