आगामी पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयाधि सकिँदै छ । प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायलाई हस्तान्तरण गर्ने तयारी राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरेको छ । प्राधिकरणका सह–प्रवक्ता एवम् सूचना अधिकारी मनोहर घिमिरेका अनुसार भदौ मसान्तभित्र हस्तान्तरणको काम सक्ने तयारी गरिएको छ ।