पुनर्निर्माण सकियो तर टहरामै राष्ट्रिय पुस्तकालय

२०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त धेरै संरचना, सम्पदा र भवन पुनर्निर्माण भए । पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसै महिनादेखि खारेज भएको छ । तर नेपालकै राष्ट्रिय पुस्तकालय भने आफ्नै नाममा जग्गा नभएका कारण पुस्तकालय सेवा दिन असमर्थ रहेको गुनासो छ । यस्तैमा त्यही भूकम्पले क्षतविक्षत बनाएको बौद्धिक सम्पदा भने जग्गा नै नहुँदा ललितपुरबाट भक्तपुर पुगेर बल्ल टहराबाट सोमबारदेखि ज्ञान बाँड्न थालेको छ । यसको सानो सेवा भने ललितपुरबाटै दिइँदै छ । भूकम्पपछि राष्ट्रिय पुस्तकालयका पुस्तकहरू काठमाडौँको ज्ञा...