३१ जिल्लामा विद्यालय पुनर्निर्माण बाँकी व्यवस्थापनको जिम्मा शिक्षा एकाइलाई

मन्त्रालयका अधिकृत एकराज आचार्यको हस्ताक्षरसहित जारी निर्देशनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिंहदरबार र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई बोधार्थ जनाई साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी कार्यालय व्यवस्थापन गर्न निर्देशन जारी गरिएको छ।...

सम्बन्धित सामग्री

भूकम्पबाट क्षति पुगेका ७ हजार सामुदायिक विद्यालय पुनर्निर्माण

काठमाडौं, असोज १०। सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । […]

६ अर्ब तलब, ९ अर्ब विद्यालय पुनर्निर्माणमा खर्च हुने

काठमाडौं । तलब र विद्यालय पुनर्निर्माण परियोजना, कक्षा ६ सम्म दिवा खाजा र नयाँ प्राविधिक शिक्षालयलाई बजेट व्यवस्थापन गर्नुपर्ने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट बढेको छ । आगामी आवमा संघअन्तर्गत मन्त्रालयमा ७० अर्ब ५ करोड, प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १२ अर्ब १० करोड रुपियाँ विनियोजन गरेको छ । चालु […]

काम पाएनन् उपसचिव र अधिकृतले, चौर र बरण्डामा बसेरै दिन वित्छ

काठमाडौं, कार्तिक १७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी व्यवस्थापन नगर्दा करिब ४५ जना कर्मचारी कामविहीन बनेका छन् । सरकारले असोज १ गतेदेखि लागु हुने गरी आयोजना कार्यान्वयन एकाइ (डीएलपीआईयू) खारेज गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा लैजाने निर्णय गरेसँगै विद्यालय पुनर्निर्माण भइरहेका जिल्लाका प्रमुख उपसचिव र अधिकृतस्तरका कर्मचारी कामविहीन भएका हुन् । २०७२ सालको भूकम्पपछि […]

मध्य अफ्रिकन गणतन्त्रमा नेपाली शान्ति सेनाबाट विद्यालय पुनर्निर्माण

मध्य अफ्रिकन गणतन्त्रमा शान्ति मिसन अन्तर्गत तैनाथ नेपाली सेनाको टोलीले विद्यालय पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । जङ्गी अड्डास्थित नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रणशेर गणको सातौं डफ्फाले ‘मिनुस्का’ सँगको सहकार्यमा एटोङ्गो क्षेत्रमा रहेको विद्यालय पुनर्निर्माण गरी कार्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको हो ।कोभिड–१९ का सम्पूर्ण मापदण्ड पालना गरी सञ्चालित हस्तान्तरण कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी लगायतको उपस्थित

बागलुङमा १७९ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख १४, बागलुङ । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा विसं २०७२ को भूकम्पबाट क्षति पुगेका १७९ विद्यालय भवनको पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जानकारी दिएको छ ।  भूकम्प गएको ६ वर्ष बितिसक्दा विद्यालय पुनर्निर्माणले अन्तिम रुप लिन थालेको छ । बागलुङमा भूकम्पले भत्काएका करीब सबै विद्यालय पुनर्निर्माण भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनर्निर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् । बागलुङमा पुनर्निर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३/७४ मा १४, २०७४/७५ मा १४, २०७५/७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६/७७ को पहिलो चरणमा आठ, दोस्रो चरणमा ६५ ओटा विद्यालय पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।  आव २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।  ‘अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १७९ विद्यालय पुनर्निर्माण भइसकेको छ’, चपाईंले भने, ‘अब विद्यालयको पुनर्निर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’ बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजक देखिएको छ ।  यसैगरी प्राधिकरणले आव २०७५/७५ को दोस्रो चरणमा २५, २०७६/७७ को पहिलो चरणमा आठ र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५ शौचालय र २५ ओटा खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ ।  बागलुङमा निर्माण भएका १७९ विद्यालयमा ८२ ओटा चार कोठे, २९ ओटा तीन कोठे र ६८ ओटा दुई कोठे विद्यालय निर्माण गरिएको हो । भूकम्पले क्षति पुर्‍याएका २१५ विद्यालय मध्येबाट दुर्गम, विद्यार्थी संख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो ।  प्राधिकरण शिक्षाका इञ्जिनीयर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि रू. ७० लाख ४० हजार, तीन कोठे भवन निर्माणका लागि रू. ३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रू. २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रू. १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेटमा हेरफेर पर्न सक्ने एकाइले जानकारी दिएको छ । रासस

लमजुङमा डेढ सय विद्यालय पुनर्निर्माण

०७२ को भुकम्पपछि टहरोमा पठनपाठन हुँदै आएका लमजुङका विद्यालय पुनर्निर्माण गरिएको छ । विनासकारी भुकम्पले क्षति पुर्‍याएका १ सय ४७ वटा विद्यालयको पुनर्निर्माण गरिएको हो । शिक्षा विभाग र राष्ट्रिय पुनर्निर्माण...

भूकम्पबाट क्षतिग्रस्त ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्प गएको झण्डै ६ वर्षमा ६ हजार भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकोमा सात हजार पाँच सय ५३ विद्यालयमा पुनर्निर्माण गर्ने सरकारको कार्यक्रम छ। बिहिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको विद्यालय पुनर्निर्माण सम्बन्धी पत्रकार सम्मेलनमा एकाइ (शिक्षा) का अधिकृत यदु विक्रम

गुल्मीमा १२४ विद्यालय पुनर्निर्माण

२९ पुस, गुल्मी । गुल्मीमा २०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमध्ये १२४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १ सय २४ वटा विद्यालय भवनहरुका २ सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए । जिल्लामा अहिले ६२ […]

शान्ति शिक्षा अभियान नेपालद्धारा बासुकी माध्यमिक विद्यालय पुनर्निर्माण

ललितपुर । शान्ति शिक्षा अभियान नेपालले ‘भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम २०७२–७३’ अन्तर्गत बासुकी माध्यमिक विद्यालय पुनर्निर्माण गरेको जनाएको छ ।