काठमाण्डाै – तराईका जिल्लामा फेरि शीतलहर सुरु भएको छ । गएको २४ गतेदेखि मौसममा सुधार आए पनि हिजोदेखि फेरि बाक्लो हुस्सु कुहिरोले ढाकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तराईका जिल्लामा हिजोदेखि मौसम खुलेको छैन । हिजो बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यसअघि केही दिन दिउँसोसम्म हुस्सु कुहिरो लागे पनि बेलुकी पख हट्ने गरेको थियो । यसले गर्दा केही राहत मिलेको थियो । तर, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नबन्दा फेरि शीतलहर चलेको छ । शीतलहरका कारण जनजीवन प्रभावित हुन सक्ने...