हिन्दी फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की

२८ पुस, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको […]

सम्बन्धित सामग्री

हिरो बन्छु भन्दा धेरैले हाँसेर उडाए, खिसी गरेः विपिन कार्की

काठमाडौँ – अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन्। पात्रलाई जीवन्त बनाउन प्रायः निर्माता तथा निर्देशकको रोजाइमा विपिन पर्ने गरेका छन्। तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए। ‘छड्के’ मा बिन्दु र ‘पशुपति प्रसाद’ मा भष्मे डनजस्तो भूमिकामा प्रस्तुत भएका विपिनलाई निर्देशक तथा लेखक […]

अभिनेता विपिन कार्की, जसको चरित्र हिट छ

पशुपति मन्दिर आसपास डुली हिँड्ने गुण्डा ‘भष्मे डन’को भूमिकामा देखिएका अभिनेता विपिन कार्की फेरि भष्मे डनकै भूमिकामा फर्किएका छन्- चलचित्र पशुपति प्रसाद २: भष्मे डनमार्फत्। चुन्डे तालु, लुखुरे ज्यान, केही थान माला, एउटा चस्मा, पशुपति परिषरमा भेटिने सोझासाझा नयाँ मान्छेलाई हेप्नु, फुटपाथ पसलेसँग हप्ता असुल्नु, बागमतीमा पौडिनु भष्मे डनको दैनिकी हो। त्यस्तो पात्र जसले आफूलाई […]

कमलामाई नेपाली फिल्मलाई मेरोतर्फबाट क्यारेक्टर उपहार : विपिन कार्की

काठमाडौं । भदौ १ गते भिन्न दुई फिल्मका पोस्टर रिलिज भए । चित्रण गरिएका कलाकार चाहिं एउटै। ‘एक भगवत् गीता’को पोस्टरमा विपिन कार्की पारालैंगिक चरित्र कमलामाईको अवतारमा थिए । ‘पशुपतिप्रसाद २’को पोस्टरमा चाहिं भष्मे डनको चरित्रमा । प्रायः फिल्मको पोस्टर आउने बेला हल्ला कमै हुने गर्छ तर, यी दुई फिल्मका पोस्टरले राम्रै चर्चा बटुले । […]

अभिनयबाट पाँच महिना विश्राम लिने तयारीमा विपिन कार्की

काठमाडौं । विपिन कार्की यतिबेलाका सबैभन्दा व्यस्त फिल्म कलाकार हुन् । आगामी एक वर्षसम्मै उनको व्यस्त तालिका छ । गत साता मात्र ‘प्रसाद २’ सकेर उनी आगामी फिल्म ‘भगवत् गीता’को छायांकनका लागि जनकपुर पुगेका छन् । फागुन ५ गते उनकै प्रमुख भूमिका रहेको ‘फूलबारी’ प्रदर्शन हुँदैछ । झरना थापाको निर्देशनमा बन्न लागेको ‘भगवत् गीता’को छायांकन […]

‘भगवत् गीता’को विपिन कार्की अनुबन्धित

काठमाडौं । झरना थापाको आगामी चलचित्र ‘भगवत् गीता’ मा विपिन कार्की अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । सो कुराको जानकारी झरनाले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै दिएकी छिन् । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् । माघ २० गतेदेखि छायांकन […]

‘एनिमल’ छायांकन नगरिकनै मुम्बईबाट फर्किए विपिन कार्की

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को छायांकनबिनै मुम्बईबाट काठमाडौं फर्किएका छन् । गत महिना त्यसतर्फ लागेका उनी सुटिङ नभएपछि फर्किन बाध्य भएका हुन् । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्ममा रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर, परिणिती चोपडा लगायतको मुख्य भूमिका छ । विपिन पनि महत्वपूर्ण भूमिकामा अनुबन्धित […]

बलिउड डेब्यु गर्न मुम्बई पुगे विपिन कार्की

काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् । ‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो […]

कमेडी फिल्म ‘चंगाचेट २’मा जोडिए विपिन कार्की

काठमाडौं । कमेडी फिल्म ‘चंगाचेट २’को प्रमुख कलाकारमा विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी डीएस डिजिटल र विपिनबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्य कलाकारमा यसअघि अर्पण थापा पनि जोडिएका छन् । अभिनेत्री चाँडै तय गर्ने निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् । मंसिर पहिलो साता जनकपुरधाममा छायांकन हुने फिल्मलाई दीपेन्द्र के […]

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्ममा विपिन कार्की

काठमाडौं । अभिनेता विपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि बिहीबार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ । फिल्मबारे थप खुलाइएको छैन । अनुबन्धित भएपछि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता कार्कीले फिल्मको शीर्षक र अन्य कलाकार तय नभएको जानकारी दिए […]

‘एनिमल’मार्फत बलिउडमा डेब्यु गर्दै विपिन कार्की

काठमाडौं, २८ पुस । नेपाली फिल्मका चर्चित हस्ती विपिन कार्की बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । कार्कीले बलिउडको ‘एनिमल’ नामक फिल्ममा अभिनय गर्ने भएका हुन् । एनिमलमा भारतिय कलाकारहरु अनिल कपुर, रणवीर कपुर लगायतका उत्कृष्ट अभिनय रहने जनाइएको छ । फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने भएका छन् । फिल्मको सुटिङ अगस्टमा हुने भनिएको छ […]