बलिउड अभिनेत्री कंगना रनावत सोमवार पञ्जाबको अमृतसरमा रहेको सिखहरूको पवित्र तीर्थस्थल गोल्डेन टेम्पल पुगेकी छन् ।
उनी त्यहाँ राजनीतिक कारणले पुगेको हुन सक्ने भनी अनुमान गरिएको छ । अरूले चाहिँ उनी नयाँ फिल्मको प्रमोसनका लागि पुगेको हुन सक्ने बताएका छन् ।
शिरमा दुपट्टा राखेर कंगना बिहान ७ बजेतिर गोल्डन टेम्पल पुगेकी थिइन् । उनले मन्दिरको गर्भगृहमा प्रार्थना गरिन् र अकाल तख्तमा पनि पुगिन् ।
भाजपाका पदाधिकारीहरू पनि कंगनाको भ्रमणबाट आश्चर्यमा परे । कंगनाको राजनीतिक अभिलाषा कसैबाट पनि लुकेको छैन ।&n...