पोखरा र भैरहवा विमानस्थलबाट सिधा चीन उडान भर्न परिषंघको आग्रह

नेपाल उद्योग परिसंघले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा चीन उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

चीनबाट पोखरा र भैरहवामा सिधा उडान हुने गृहमन्त्री लामिछानेको अपेक्षा

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले चीनका केही शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान हुने अपेक्षा गर्नुभएको छ । बुधबार उहाँसंग नेपालका लागि चीनका राजदूत छन सोङले गर्नुभएको भेटवार्ताका क्रममा सो अपेक्षा राख्नुभएको हो । प्रतिउत्तरमा राजदूतले अधिकतम प्रयास भइरहेको जानकारी दिनुभयो । भेटवार्ताका क्रममा मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको …

पोखरा र भैरहवामा सिधा उडान भर्न चिनियाँ नेताहरुलाई एमाले महासचिव पोखरेलको आग्रह

नेकपा एमाले महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा विमानस्थलमा सिधा उडान भर्न चीनसमक्ष आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका एमाले प्रतिनिधिमण्डलका नेता पोखरेलले बेइजिङमा आयोजित कार्यक्रममा सिधा उडानका लागि आग्रह गरेका हुन् ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न भुटानले माग्यो अनुमति

काठमाडौं, साउन १७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भुटान नागरिक उड्डयन प्राधिकरण (भुटान सिएए) ले भैरहवा र पोखरामा सिधा उडानका लागि शुक्रबार पत्र पठाएको जानकारी दिए । उनले भने, “नेपालका दुई सुविधासम्पन्न विमानस्थलमा सिधा […]

भुटानले माग्यो पोखरा र भैरहवामा उडान अनुमति

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग भैरहवा र पोखराका लागि पनि सिधा उडानको अनुमति मागेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई सहरमा सिधा उडान अनुमति दिन शुक्रबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो ।

बुध्द एयरले रात्रिकालिन उडान गर्दै, अन्तर प्रदेश उडानमा दोस्रो हब भैरहवा

वैशाख २९, काठमाडौं। बुध्द एयरले मे १५ का दिनदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्तार गर्ने भएको छ। रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा हुनेछ। यी उडानका समय राती ८ बजेदेखि शूरु  हुने बुध्द एयरले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान गर्ने व्यवस्था गरेको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुध्द एयरले जनाएको छ ।  रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।  बुध्द एयरले रात्रिकालिन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सञ्चालनको लागि पनि  अनुरोध गरेको छ ।  बुध्द एयरले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको बताएको  छ ।   दोस्रो हब भैरहवा पोखरा विमानस्थललाई बुध्द एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र विशेषगरि पर्यटकहरुलाई पुगेको छ । अब बुध्द एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको छ । यसअघि भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याईसकेको छ ।  भविष्यमा भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा  क्रमशः उडान भर्ने योजना बुध्द एयरको रहेको पनि बताएको  छ । उडानसँगै पर्यटकहरुका लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको कम्पनीले छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य भएको जनाएको छ ।

बुध्द एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारले १२ प्रतिशत छूट दिने

चैत २७, काठमाडौं। बुध्द एयरबाट पोखरा पुग्ने यात्रुलाई अन्नपूर्ण केबलकारले  १२ प्रतिशत छूट  दिने भएको छ । बुध्द एयर र अन्नपूर्ण केबलकार बीच भएको सम्झौतामा बुध्द एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा छूटको प्याकेज ल्याइएको हो । बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा लागू हुने बुद्ध एयरले बताएको छ । बुध्द एयरले काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान गर्दै आएको छ । त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ । नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्दै छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान गर्ने सबै यात्रुहरु यो योजनाबाट लाभान्वित हुनेछन् । बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ ओटा, ४२ सिटे एटीआर–४२ जहाज ३ ओटा र दुई ओटा बीचक्राफ्ट जहाहरु रहेका छन्

बुद्धको भद्रपुर–पोखरा उडान वैशाख २ देखि

काठमाडौं । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट दैनिक पोखरा सीधा उडान गर्ने भएको छ । उक्त रूटमा जहाज सञ्चालनका लागि कम्पनीले उडान तालिकासहित भाडादर पनि सार्वजनिक गरेको छ । बुद्ध एयरले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ वर्ष २०७९ को अवसर पारी यो रूटमा उडान गर्ने जानकारी दिएको हो । यस रूटका लागि बुद्धले शुरुआती भाडादर रू. ६ हजार ९०० कायम गरेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १ बजेर २५ मिनेट र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने तालिका छ । यो रूटको उडानबाट दुवै प्रदेशका बासिन्दा मात्र लाभान्वित नभई सीमापारि सिलगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरू भित्रिन सजिलो हुने कम्पनीको दाबी छ । सीमापारिबाट आएका पर्यटकहरू भद्रपुरबाट सिधा पोखरा जान सक्नेछन् । भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरूको पनि पर्यटकले अवलोकन गर्न सक्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजहरू ल्याएको छ । भद्रपुर–पोखराका लागि रू. १५ हजारमा २ रात ३ दिनको प्याकेज बुद्ध होलिडेजले सार्वजनिक गरेको छ । उक्त प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थलसम्म गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट हुने कम्पनीले उल्लेख गरेको छ । बुद्ध एयरले काठमाडौंबाहेक पोखरालाई देशका विभिन्न प्रदेशसँग सीधा उडानले जोड्दै आएको छ । कम्पनीले यसअघि नै भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सीधा पोखरा उडान विस्तार गरिसकेको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११, ४२ सिटे एटीआर–४२ जहाज ३ र दुईओटा बीचक्राफ्ट जहाज छन् ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न भुटानले माग्यो अनुमति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भुटान नागरिक उड्डयन प्राधिकरण (भुटान सिएए) ले भैरहवा र पोखरामा सिधा उडानका लागि शुक्रबार पत्र पठाएको जानकारी दिनुभयो ।

पोखरा–नेपालगंज सिधा उडान गर्दै बुद्ध एयर

निजी क्षेत्रको हवाई सेवाप्रदायक बुध्द एयरले आउँदो वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने भएको छ। हाल काठमाडौंबाटमात्र उडान गरिररहेको बुद्धले २०्र७५ सालको नयाँ वर्षदेखि पोखराबाट पनि नेपालगंज दैनिक उडान गर्ने घोषण गरेको छ। पोखरा हब विमानस्थल बनाएर बुद्धले भरतपुर र भैरहवा उडान गरिरहेको छ। गाडीबाट १० देखि १२ घण्टा लाग्ने उक्त रुटमा हवाईसेवा सुरुभएपछि…