नेपाललाई पर्यटन गन्तव्यमा राख्न आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच मंगलवार भेटवार्ता भएको छ । भेटमा अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताएका छन् । नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधार लगायत क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको अध्यक्ष ढकालले राजदूत छेनलाई अवगत गराए । पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तरराष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेको समेत उनले बताए । साथै उनले चिनियाँ पर्यटकको प्रमुख गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतापूर्वक समावेश गर्न आग्रह गरे । महासंघले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको भन्दै अध्यक्ष ढकालले उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि सहयोग गर्न राजदूत छेनलाई आग्रह गरे । लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए । भेटमा राजदूत छेनले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जा लगायत क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए । तर विदेशी लगानी भित्त्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहज लैजान सक्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहेको पनि उनले बताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण उनले प्रस्तुत गरे । यसैगरी तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारे छलफल भइरहेको उनले बताए ।

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न स्वीडिस सांसदसँग आग्रह

काठमाडौं– नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरुसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरुको टोलीसँग सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित भेटघाट कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले दुवै देशबीच सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यस्तो आग्रह गरेका हुन् । उनले लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा नेपाल रहेको […]

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैरआवासीय नेपाली संघको आग्रह

गैरआवासीय नेपाली संघले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ । सोमबार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो । संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडियो बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको

पर्यटन प्रवर्द्धनमा सघाउन राजदूतलाई पर्यटनमन्त्रीको आग्रह

२७ असार, काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनमा समन्वयकारी भूमिका निर्वाह गर्न नवनियुक्त राजदूतहरुलाई आग्रह गरेका छन् । नेपालको पर्यटन प्रर्वद्धनमा विदेशस्थित नेपाली दूतावासमा कार्यरत राजदूतहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतसँग सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले […]

राहत प्याकेज ल्याउन पर्यटन व्यवसायीको आग्रह

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन व्यवसाय जोगाउनका लागि विशेष राहतको प्याकेज ल्याउन पर्यटन व्यवसायीले राष्ट्र बैंकसँग आग्रह गरेका छन्।...

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह

काठमाडौँ,२५ जेठ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना […]

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई नाट्टाको आग्रह

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन […]

नेपालको सांस्कृतिक पर्यटन दूत बन्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेकी छिन् । शनिबार एनआरएनएको १०औँ महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विदेशमा रहँदै आएका नेपालीले सांस्कृतिक पर्यटन दूत भएर नेपाललाई...

जीविकोपार्जनमा सहयोग गर्न पर्यटन बोर्डको आग्रह

तत्काल पर्यटन क्षेत्रमा सुधार नआउने भएकाले नेपाल पर्यटन बोर्डले पुनःउत्थानका लागि दातृ निकायसँग जीविकोपार्जन सम्बन्धी गतिविधिका कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेको छ । नयाँ परिस्थतिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेर बोर्डले सो आग्रह गरेको हो ।बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका […]

मौद्रिक नीतिलाई व्यवहारमा लागू गर्न पर्यटन व्यवसायीको आग्रह

काठमाडौं, साउन ३१ । कोरोना भाइरसका कारण बढी प्रभावित पर्यटन व्यवसायीले चालु वर्षको मौद्रिक नीतिलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले कोमामा रहेको पर्यटन व्यवसायीलाई राहतका कार्यक्रम ल्याए पनि जोखिमयुक्त पर्यटन क्षेत्रका समस्या समाधान हुने गरी नीतिको कार्यान्वयन गर्न उनीहरूले जोड दिएका छन्। गत […]

सरकारले दिएको सुविधा उपयोग गर्न होटल तथा पर्यटन व्यवसायीलाई आग्रह

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरका छन् । होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका हुन् । बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई […]