महानगरमा भागबण्डा नमिल्दा गठबन्धनमै हलचल !

काठमाडौं : ‘बालुवाटारमा बैठक बसेको थियो। पोखरामा एकीकृत समाजवादीले दाबा गरेको भन्ने कुरा उठेपछि कसैले नकारात्मक टिप्पणी गरेछ। मैले सुनेँ। मैले पोखराका एक-एक तथ्य अगाडि सारेँ। पोखरामा मात्रै ८ हजार सदस्य संगठित छन्। जनवर्गीय संगठनको समेत जोड्दा १२ हजार कार्यकर्ता मात्रै छन्। भोटर होइनन्,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पोखरा महानगरपालिकामाथि दाबी गर्दै शनिबार भएको एउटा कार्यक्रममा यसरी प्रस्तुत भए। पोखरामा समाजवादीले आफ्नो दाबी गर्दै गर्दा शुक्रबार माओव

सम्बन्धित सामग्री

२ महानगरमा गठबन्धनमाथि कांग्रेसका बागी उम्मेदवार

काठमाडौं–निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर महानगरको भागबण्डा गरेता पनि २ महानगरमा कांग्रेसका नेताले बागी उम्मेदवारी दिएका छन् । माओवादीको भागमा परेको भरतपुर महानगरपालिका र एकीकृत समाजवादीको भगमा परेको पोखरा महानगरमा कांग्रेसका नेताले बागी उम्मेदवारी दर्ता गराएका हुन् । आज मनोनयन दर्ताको अन्तिम दिन  भरतपु...

वीरगन्ज महानगरमा एमाले र लोसपाको चुनावी गठबन्धन हुने

वीरगन्ज । सत्ता गठबन्धनले चुनावी तालमेल गरी भागबण्डा मिलाएको भोलिपल्ट विपक्षीदलले पनि वीरगन्ज महानगरमा चुनाबी तालमेल गरेर अगाडी बढ्ने निर्णय भएको छ । बिपक्षमा रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालका बीच वीरगन्ज महानगरपालिकामा चुनावी तालमेल गरेर अगाडी बढ्ने सहमति भएको हो । केन्द्रिय तहका नेताहरुको उपस्थितिमा वीरगन्जमा सहमति भएको घोषणा […] The post वीरगन्ज महानगरमा एमाले र लोसपाको चुनावी गठबन्धन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धनबाट काठमाडौं महानगरको उपमेयर को ?

७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा काठमाडौं महानगरमा मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा एकीकृत समाजवादीले लिने गरी भागबण्डा टुंगिएपछि अब उपमेयरको उम्मेद्‍वार को होला भन्ने चासो बढेको छ । एकीकृत समाजवादीबाट उपमेयरका लागि ईश्वरमान डंगोल, शुद्ध डंगोल, रामेश्वर श्रेष्ठ, रन्जना मास्के र सिता श्रेष्ठको नाम चर्चा छ । एकीकृत समाजवादीका काठमाडौं जिल्ला इन्चार्ज वसन्त […]

उपमहानगरको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं : सत्ता गठबन्धनको मंगलवारको बैठकले उपमहानगरको भागबण्डा टुंगो लगाउन सकेन। महानगरको विवादमै दिन गए पछि गठबन्धनले उपमहानगरको टिकट टुंगो लगाउन आज पनि बैठक राखेको छ। बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ६ महानगरमा भने सहमति जुटिसकेको छ।…

०७४ को मतअनुसार ६ महानगरमा सत्तारुढ गठबन्धनको स्थिति के छ ?

६ वैशाख, काठमाडौं । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले ६ महानगरपालिकाको नेतृत्वमा भागबण्डा मिलाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच ६ महानगरपालिकाको नेतृत्व भागवण्डा भएको छ । यो सहमति बनेसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कमल थापा नेतृत्वको […]

महानगरको उपमेयरमा पनि भागबण्डा मिल्यो, काठमाडौंको उपमेयर एकीकृत समाजवादीलाई

६ वैशाख, काठमाडौं । महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि सकेको छ । बेलुकी सकिएको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई तीन र अरुलाई एक एकवटा महानगरमा उपमेयर भागवण्डा गरेको हो । सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट सुनिश्चित गरेको छ । यस्तै पोखराको मेयर […]

गठबन्धनमा टुङ्गियो महानगरको भागबण्डा : भरतपुर माओवादी र पोखरा समाजवादीलाई

नेपाली काँग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ । यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन । पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए । यो सँगै मुलुक

अड्कियो गठबन्धनको गाँठो, बैठक सारेर गृहकार्यमा

काठमाडौं : पाँच दलीय गठबन्धनलाई महानगर र उपमहानगरको भागबण्डामा सकस परेको छ। ६ वटा महानगरमध्ये ५ वटामा सहमति जुटेपनि पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीले अडान राखेपछि भागबण्डा मिलाउन समस्या परेको हो।  अन्तिम सहमति जुटाउन बिहान ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। माधव नेपालले पोखरा महानगरको अडानबाट पछि नहटेपछि कास्की कांंग्रेसले समाजवादीसँग गठबन्धन टुटेको भन्दै सोमबार नै विज्ञप्ति निकालेको थियो। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउव

पोखरामा कांग्रेसले एकीकृत समाजवादी बाहेककाे गठबन्धन बनाउने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा आफ्नो दाबी नछाडेपछि नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकअनुसार सहमतिको प्रयास गरेको भए पनि असफल भएको हो। सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अन्य गठबन्धनको दलसँग तालमेलको बारेमा छलफल गरे पनि एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्।गठबन्धन दलका शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकले आज ६ वटा महानगरको भागबण्डा