वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई होटल क्वरेण्टीन खर्च सरकारले दिने, मलेसिया, यूएई र साउदीबाट पनि उडान खुल्ने

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएर होटल क्वरेण्टीनमा बस्न नसक्ने श्रमिकलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । हिजो बुधबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन निर्देशन समितिको बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वरेण्टीनमा बस्न नसक्नेहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । समितिको बैठकले १५ दिन होटल क्वरेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । सरकारले खाडीका द...

सम्बन्धित सामग्री

मुम्बई विमानस्थलमा तीन 'बुमबुमु'ले दिएको अनौठो अनुभव

संयुक्त अरब इमिरेट्स (यूएई)बाट बिदामा घर जाने तयारी गर्दै थिएँ । कम्पनीबाट बिदा पास पनि भयो । घर जाने भनेपछि मन फुरुङ्ग भएको थियो । त्यो समयमा अहिले जस्तो सहज रूपमा हवाई टिकट पाइँदैन थियो । सिधा उडान नपाउने त होइन । तर सिधा उडान महँगो थियो । तर पनि मैले यसपालि भने सिधा उडानको नै टिकट काट्छु भन्ने सोचेको थिएँ । यूएईदेखि काठमाण्डौको सिधा उडानको टिकट काट्नकै लागि भनेर ट्राभल एजेन्सीमा पुगेँ ।  ट्राभलमा कुराकानी गर्दै जाँदा मनस्थिति बदलियो । टिकट काउन्टरमा भारतीय नागरिक थिए । उनले मलाई दिएको सल्लाह...

२ हप्ताभित्र एअर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाण्डौ – गएको जेठ २ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायु सेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एअर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हुन् । क्यानका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एअर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा देखाउँ...

त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षण नहुँदा कामदारहरु यूएई जान पाएनन्

सोमबार उर्लाबारीका नरेन्द्र राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएका राई लामो समयको प्रतीक्षा पछि काममा फर्कन हिमालय एयरलाइन्सको (काठमाडौँ-दुबई) टिकट लिएका थिए। तर विमानस्थल पुगेका राई अन्तिम समयमा जहाज चढ्न भने पाएनन् । हिमालय एयरलाइन्सको उडान नम्बर ९५६५ कुनै यात्रु पनि दुबई लान नसक्ने भन्दै पन्छिए पछि राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै अलपत्र परे। यात्रु नलिइ हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि खाली उड्यो ।गो

यूएईद्वारा कोभिड परीक्षणमा कडाइ, हवाइ उडान प्रभावित

संयुक्त अरब इमिरेट्स (यूएई ) ले कोभिड–१९ को परीक्षणमा थप कडाइ गरेको छ । यूएई सरकारले ७२ घण्टासम्मको पोजेटिभ पिसिआर रिपोर्टलाई मान्यता नदिने भएपछि हवाइ उडान प्रभावित बनेको छ ।

जुलाईदेखि सातामा २१ अन्तर्राष्ट्रिय उडान हुने (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि अन्तर्राष्ट्रियतर्फको नियमित उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले सातामा २१ अन्तर्राष्ट्रिय उडान हुनेगरी तालिका स्वीकृत गरेको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ ।...

यी देशमा खुल्यो हवाई उडान

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। ९ वटा देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो। टर्की, यूएई, कुवेत, ओमान, साउदी अरेबिया, मलेसिया, कोरिया, जापान र चीनसँगको हवाई उडानलाई खोल्ने निर्णय गरेको हो। यी देशहरु नेपालका प्रमुख श्रम गन्तव्य मुलुक हुन्। श्रम स्वीकृति लिएर बसेका धेरै नेपालीहरु हवाई उडान बन्द हुँदा रोकिएपछि सरकारले खोल्ने निर्णय गरेको हो।

श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी

काठमान्डाैं / श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी... The post श्रम गन्तव्य मुलुकमा उद्धार उडानको तयारी appeared first on Purbeli News.

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

काठमाडौं । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर वृद्धि भएसँगै वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको र त्यसलगत्तै सोही महीनाको २० गते मध्यरातदेखि लागू हुने गरी हालसम्म सरकारले आन्तरिक उडानहरू बन्द गर्दै आएको छ । मन्त्रालयका एक अधिकारीले असार तेस्रो हप्तापछि मात्रै आन्तरिक उडानहरू खुला गरिने सम्भावना रहेको पुष्टि गरेका हुन् । पछिल्ला केही दिनमा कोभिड संक्रमण दर घट्दो अवस्थामा रहेको भए पनि अभैm केही दिन पर्खनुपर्ने देखिएकाले तत्काल आन्तरिक उडान खुल्ने सम्भावना नरहेको उनको भनाइ छ । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले जेठ २५ गते नै पर्यटनमन्त्री उमाशंकर अरगरियालाई पत्र लेख्दै असार १ गतेदेखि आन्तरिक उडान सुचारु गर्न माग गरेको थियो । सोही दिन आन्तरिक उडान सुचारु गर्ने संकेत नपाएपछि संघले सोही दिन अर्थात् मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र आन्तरिक उडान सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ । संघका प्रवक्ता योगराज कँडेल शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा छिमेकी मुलुक तथा संसारभरि नै आन्तरिक उडान बन्द नगरिएको र हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित भएको उल्लेख गरिएको छ । संघले सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको र अहिले संक्रमण दर पनि घट्दो क्रममा रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेको छ । मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले आन्तरिक उडान सुचारु गर्न मन्त्रालय सकारात्मक भएको बताए । ‘आन्तरिक उडान स्वास्थ्य मापदण्डहरू पालना गरेर बिस्तारै खुलाउने तयारी मन्त्रालयको छ,’ उनले भने, ‘मन्त्रालयमा छलफल भइरहेको छ भने अर्काेतर्पm संक्रमण दर पनि घट्दो अवस्थामा छ ।’ आन्तरिक उडान खुला गर्ने हो भने हब मानिने गन्तव्यहरू नेपालगञ्ज, विराटनगर, वीरगञ्ज, भैरहवाजस्ता क्षेत्रमा कोरोना भाइरस संक्रमण दर र वस्तुस्थितिको विश्लेषण तथा मूल्यांकन पनि गरिने उनी बताउँछन् । यसैगरी अन्तरराष्ट्रिय उडानलाई सरकारले थप खुकुलो बनाएको छ । वैशाख २३ गते मध्यरातबाट अन्तरराष्ट्रिय उडान पनि बन्द गरेको सरकारले जेठ १८ गते मंगलवार चीन, कतार र टर्की उडानका लागि अनुमति दिएर खुकुलो नीति लिएको थियो । नेपाल–चीन उडानका लागि भने हालसम्म आवेदन नै नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए । सरकारले यी ३ देशसँगै थप ५ ओटा देशमा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय बुधवार गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिको बैठकले नेपाली श्रमिकको अधिक संख्या भएका थप मुलुक साउदी अरेबिया, यूएई (दुबई), जापान र मलेशियाजस्ता देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यी देशहरूबाट सातामा २ हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । यसैगरी, बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । सरकारले विदेशबाट आउनेलाई कुल १५ दिनसम्म होटेल क्वारेन्टाइन बस्नुपर्ने मापदण्ड लागू गरिसकेको छ भने खर्च पनि आफै गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, समितिको बुधवारको निर्णयअनुसार १५ दिनमध्ये १० दिनसम्मको खर्च सरकारले नै व्यवस्थापन गरिदिने भएको छ । प्राधिकरणका प्रवक्ता क्षत्रीले थप देशहरूमा पुनः उडान खुला गरिएको निर्णयसँगै अब सम्बद्ध देशका कम्पनीहरूलाई सेड्युल अप्लाइ अर्थात् नियमित उडानका लागि आवेदन दिन आह्वान गरिने जानकारी दिए । प्राधिकरणमा आवेदन दिएपछि मात्रै सम्बद्ध विमान कम्पनीहरूले उडानका लागि अनुमति पाउँछन् ।

जुन २३ देखि दुबई–काठमाण्डौ उडान हुने

यूएई – नेपाल एयरलाइन्सले आउँदो जुन २३ देखि दुबई–काठमाण्डौ एकतर्फी उडान सुरु गर्ने भएको छ । कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई लक्षित गरी उडान सुरु गर्न लागिएको एयरलाइन्सले जनाएको छ।जुन २३ पछि अको उडान ३० जुनमा हुने तय भएको छ ।यूएईमा करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरू बढ्दै गएकाले एकतर्फी भए पनि उडान सुरु गर्न लागेको एयरलाइन्सका युएई प्रमुख टिकाराम पङ्गेनीले उज्यालोलाई जानकारी दिनुभयो ।एयरलाइन्सको वाइड बडी जहाजमार्फत आउँदो जुन २३ र ...