त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षण नहुँदा कामदारहरु यूएई जान पाएनन्

सोमबार उर्लाबारीका नरेन्द्र राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएका राई लामो समयको प्रतीक्षा पछि काममा फर्कन हिमालय एयरलाइन्सको (काठमाडौँ-दुबई) टिकट लिएका थिए। तर विमानस्थल पुगेका राई अन्तिम समयमा जहाज चढ्न भने पाएनन् । हिमालय एयरलाइन्सको उडान नम्बर ९५६५ कुनै यात्रु पनि दुबई लान नसक्ने भन्दै पन्छिए पछि राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै अलपत्र परे। यात्रु नलिइ हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि खाली उड्यो ।गो