२ हप्ताभित्र एअर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाण्डौ – गएको जेठ २ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायु सेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एअर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हुन् । क्यानका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एअर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा देखाउँ...