जुन २३ देखि दुबई–काठमाण्डौ उडान हुने

यूएई – नेपाल एयरलाइन्सले आउँदो जुन २३ देखि दुबई–काठमाण्डौ एकतर्फी उडान सुरु गर्ने भएको छ । कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई लक्षित गरी उडान सुरु गर्न लागिएको एयरलाइन्सले जनाएको छ।जुन २३ पछि अको उडान ३० जुनमा हुने तय भएको छ ।यूएईमा करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरू बढ्दै गएकाले एकतर्फी भए पनि उडान सुरु गर्न लागेको एयरलाइन्सका युएई प्रमुख टिकाराम पङ्गेनीले उज्यालोलाई जानकारी दिनुभयो ।एयरलाइन्सको वाइड बडी जहाजमार्फत आउँदो जुन २३ र ...