घरनिकालाबाट संरक्षण प्रदान गर्ने नियमको अवधि बढाउन अमेरिकी संसद असफल

कोरोनाको महामारीका कारण आर्थिक समस्या उत्पन्न भई भाडा तिर्न नसकेकाहरुलाई घर निकाला हुनबाट संरक्षण प्रदान गर्ने प्रावधानको अवधि बढाउनेमा सर्वसम्मतको प्रयास अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा असफल भएको छ । संसद छुट्टीमा जानुभन्दा ६ साता अगाडि शुक्रबार अबेर प्रतिनिधिसभाबाट सर्वसम्मतीको प्रयास गरिएपनि यस्तो प्रयास असफल भएको हो । भाडा तिर्न नसकेकाहरुलाई घरनिकाला हुनबाट संरक्षण प्रदान […]

सम्बन्धित सामग्री

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने प्रस्ताव अस्वीकार

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई बुधबार अस्वीकार गरेको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उहाँलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नगर्ने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन …

नेपालको पर्यटन प्रवर्द्धनमा पाकिस्तानी मूलका अमेरिकी संसद भोजनी

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे । पहिलो पटक नेपाल भ्रमण आएका उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्रिय हुने बताए । नेपाली समुदायबीच लोकप्रिय पाकिस्तानी मूलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुन् । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैब सक्रिय भइरहने उल्लेख गरे । नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उनले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए । ‘पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्त्वपूर्ण माध्यम हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ,’उनले भने । सन् २००३ मा टेक्सासको एक ग्यास स्टेशनमा काम गर्ने भोजनीको जीवन संघर्ष र सफलता निकै प्रेरणादायी छ । काम गर्दै अध्ययनलाई पनि अघि बढाएका उनी अमेरिकाको प्रतिष्ठित पदमा पुगेका छन् । उनले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धन, दिगो शान्ति विकास र नेपाललाई सहयोग गर्न परिवारसहित नेपाल आइरहने वाचा पनि गरेका छन् । पेशाले वरिष्ठ अधिवक्तासमेत रहेका भोजनी टेक्सास राज्यमा नेपाली समुदायबीच घुलमिल रहेको र आइपरेका समस्या समाधानमा सधै लागि पर्ने गरेका छन्  । उनले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्त्वपूर्ण भूमिका, केहि नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका ज्येष्ठ नागरिकलाई भाषामा पर्न जाने समस्या समाधानका लागि भाषा अनुवादकहरुको व्यवस्था लगाएतका काम गरेका छन् ।   भोजनीले नेपाल डे पारित गरेर नेपालप्रति अगाथ प्रेम दर्शाएका छन् । टेक्सासमा दशैँ, तिहार र तीज पर्वमा बिदाको मान्यता दिलाउन पनि उनले अहम् भूमिका खेलेका थिए । अमेरिकामा रहने नेपालीहरुका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उनले सुनाए । कार्यक्रममा बोल्दै भोजनीले स–साना कामदेखि अधिवक्ता हुँदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको  संघर्षका कथाहरू सुनाएका थिए । पर्यटन गीत सार्वजनिक उक्त कार्यक्रममा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बाल गीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो । उक्त गीतमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुत गरिएको छ । गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन बाल शिक्षा र सन्देश दिएको छ । उक्त भिडियोमा डा. भोला रिजालले शब्द रचना, बीपी वाग्लको संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर रहेको छ । पर्यटन गीत लोकार्पण एवं अन्तरक्रियामा सहभागी नेपाली सांगीतीक क्षेत्रका चर्चित सष्टाहरुले अमेरिकी सांसदले नेपालप्रति देखाएको मोहलाई नेपालीले लाभ लिनसक्नुपर्ने बताए । गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ । भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु भएको संगीतका बिपी वाग्लेले बताए । साहित्यका एवं चिकित्सक डा भोला रिजालले नेपाली समुदायमा घुलमिल भएका मिलनसार सांसद भोजनीले नेपालको प्रवर्द्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नयाँ गीतले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । बरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली संगीतलाई टेक्सास मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवर्द्धन गर्न मिलेर काम गर्न भोजनीलाई आग्रह गरे ।

ब्राजिलमा अमेरिकी संसद जस्तै हिंसा (तस्बिरहरु)

ब्राजिलमा, पूर्व राष्ट्रपति जैर बोल्सोनारोका हजारौं समर्थकहरू आइतबार पुलिस ब्यारिकेडहरू तोडेर संसद, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरे । उनीहरुले तोडफोडसमेत गरेका छन् । प्रहरीले हालसम्म हंगामा मच्चाउने चार सय जनालाई पक्राउ गरेको छ

ट्रम्पलाई संसदीय समितिले पठायो समन पत्र

अमेरिकी संसद भवनमा गएको वर्ष जनवरी ६ मा भएको आक्रमणमाथि छानबिन गरिरहेको समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ । समितिले ट्रम्पलाई बयानका लागि सांसद समक्ष उपस्थित हुन कानूनी आदेश जारी गरेको हो । चुनावको नतिजा उल्ट्याउनका लागि भएको हिंशात्मक प्रयासको केन्द्रमा ट्रम्प रहेको आरोप छ । उनलाई समितिले पठाएको समन […]

अमेरिकी संसद नजिकै बिस्फोटको धम्की दिने रोजबेरी पक्राउ

अमेरिकी संसद भवन नजिकै बिस्फोटक पदार्थ भएको भनेर धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ बर्षीय फ्लोएड डे रोजबेरी रहेका छन् ।

अमेरिकी संसद नजिकै बिस्फोटकको धम्की दिने व्यक्ति पक्राउ

अमेरिकाको संसद भवन नजिकै आफूसँग बिस्फोटक पदार्थ भएको भनेर धम्की दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ । यी व्यक्तिको नाम फ्लोएड डे रोजबेरी हो, उनी ४९ वर्षका हुन् । बिस्फोटकको धम्की दिएको केही घण्टापछि फ्लोएडले आत्मसमर्पण गरेका हुन् । हाल उनको उद्देश्य पुष्टि हुन सकेको छैन । प्रहरीले ती व्यक्तिको गाडीको पनि तलासी गरिरहेको छ । संसदमा यतिबेला छुट्टी चलिरहेको छ तर त्यहाँ कर्मचारी काम गरिरहेका छन् । बिस्फोटकको धम्की दिएपछि थुप्रै भवन खाली गरिएको छ । गाडीबाट लाइभ गर्ने व्यक्तिको भिडिय

बाइडेनको शपथ ग्रहणअघि अमेरिकी संसद भवन बन्द

शपथ ग्रहण समारोहमा ट्रम्प समर्थकहरूले हिंसा गर्ने सम्भावना रहेका कारण वाशिंगटन डीसीमा लकडाउन घोषणा गरिएको छ। साथै अमेरिकी संसद भवन बन्द गरिएको छ।

सुरक्षाको कारण देखाउँदै अमेरिकी संसद भवन बन्द

एजेन्सी । वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन बन्द गरिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नु दुई दिन पहिले सुरक्षाको कारण देखाउँदै संसद भवन बन्द गरिएको हो । संसद भवनमा ६ जनवरीमा डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गदाए ५ जनाको मृत्यु भएको थियो ।अहिले संसद भवन वरिपरि हज्जारौ नेशनल गार्ड तैनाथ गरिएको छ । अहिले संसद भवनका कर्मचारीहरुलाई सतर्क अवस्थामा राखिएको छ । संसद भवन परिसर बन्द रहेको छ र कसैलाई भित्र–बाहिर गर्न दिइएको छैन । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले

अमेरिकी संसद भित्र र बाहिरको हिंसाका तस्बिर

ट्रम्पका हतियारधारी समर्थक अमेरिकाको संसद भवनमा प्रवेश गरे । बुधबार अमेरिकी संसदले बाइडेनको जीतको पुष्टिका बसेको थियो, त्यति नै बेला ट्रम्प समर्थकले हमला गरिदिए । यसमा एक महिलाको मृत्यु भएको छ । ट्रम्प समर्थकको  हिंस्रक भीडले गरेको झडपका बेलाको तस्बिर । ट्रम्प समर्थकले पूरा भवनमा अव्यस्था फैलाइदिएको थियो । भवन भित्र प्रदर्शनकारी तस्बिर खिच्दै प्रहरी अधिकारीसाग प्रदर्शनकारी कुरा गर्र्र्दै । यो तस्बिर निकै तनावपूर्ण माहौलका बीच खिचिएको हो । थुप्रै प्रदर्शनकारीले सुरक्षाबलल