३ वैशाखमा १५औं दरबारमार्ग महोत्सव आयोजना हुने

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको दरबारमार्गमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना गर्न लागेको हो । महोत्सवको नारा ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने रहेको छ । नेपाल उद्योग वाणिज्य […]

सम्बन्धित सामग्री

दरबारमार्ग महोत्सव सम्पन्न, तस्बिरमा हेर्नुहोस्

वैशाख ३ गते शनिवार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘१५ औं दरबारमार्ग महोत्सव’ सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरबारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने सन्देश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् ।कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो उर्जा दिएको पनि आयोजकको भनाइ छ । महोत्सवमा कलाकारहरूले प्रस्तुती दिन थालेपछि माहौल निकै मनोरञ्जनात्मक भएको थियो ।मह

‘दरबारमार्ग महोत्सव’ सम्पन्न

काठमाडौं (अस) । नयाँ वर्षको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको १५औं ‘दरबारमार्ग महोत्सव’ सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र एनसेलको सहकार्यमा आयोजना गरिएको महोत्सव शनिवार सम्पन्न भएको हो । महोत्सव आन्तरिक पर्यटनलाई ऊर्जा दिन सफल भएको आयोजक संस्था नेपाल रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेबान) र दरबारमार्ग विकास बोर्डको भनाइ छ । विगत ३ वर्षयता फैलिएको कोरोना महामारीका कारण पर्यटकीय कार्यक्रम नभइरहेको अवस्थामा महोत्सव ले पर्यटकीय क्षेत्र विस्तारै उठिरहेको सन्देश दिन सफल भएको आयोजकको दाबी छ । ‘यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो ऊर्जा दिएको छ,’ महोत्सवपछि आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सव करीब १ लाख दर्शकले अवलोकन गरेको बताइएको छ । महोत्सव महासंघका अध्यक्ष शेखर गोल्छाले उद्घाटन गरेका थिए । पछिल्लो समय मुलुकको जनसंख्याको ९० प्रतिशतले कोभिडविरुद्धको खोप लगाइसकेकाले जनजीवन सामान्य हुँदै गएको उनले बताए । महोत्सवले आर्थिक क्रियाकलापमा केही हदसम्म टेवा पुर्‍याएको उनको भनाइ थियो । ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’  नाराका साथ देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महामारीले अर्थतन्त्रलाई शिथिल पारेको अवस्थामा सहकार्यमा आयोजित महोत्सवले पर्यटन क्षेत्रलाई प्रोत्साहन गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए । महोत्सवले लघु उद्यमी, घरेलु, साना तथा मझौला व्ययसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रेरित गरेको उनको भनाइ थियो । महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठूला सबै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताइन् । रेबानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र बाह्य पर्यटन पुनरुत्थानमा सहयोग पुर्‍याउन महोत्सव महत्त्वपूर्ण रहेको बताए । महोत्सवमा विभिन्न गीतसंगीत, नेपाली खानाका परिकारका साथै मनोरञ्जनात्मक प्रदर्शनी गरिएका थिए ।

दरबारमार्ग महोत्सवमा सांगितिक उत्सव (फोटोफिचर)

काठमाडौं । १५औं दरबारमार्ग महोत्सव सम्पन्न भएको छ । सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । त्यसैगरी महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा राखिएका थिए । ६० […]

पर्यटन प्रवर्द्धन गर्न दरबारमार्ग महोत्सव

पर्यटकीय गतिविधि बढाउने उद्देश्य राखी दरवारमार्ग महोत्सव आयोजना गरिएको छ।

पन्ध्रौँ दरबारमार्ग महोत्सव सम्पन्न

काठमाडौं । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थान गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा ‘१५ औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना भएको छ ।‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली उत्पादन, स्थानीय परिकार र नेपाली कला संस्कृतिको प्रदर्शन गरिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, […]

दरबारमार्ग महोत्सव सम्पन्न

काठमाडौँ – कोभिड महामारीले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगलाई चलायमान बनाउने उद्देश्यसाथ १५ औं दरबारमार्ग महोत्सव सम्पन्न भएको छ। ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाल परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको […]

एफएनसीसीआई र एनसेलको सहकार्यमा १५औँ दरबारमार्ग महोत्सव हुँदै

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि काठमाडौंको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।

एफएनसिसिआई र एनसेलको सहकार्यमा दरबारमार्ग महोत्सव हुँदै

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि ‘स्थानीय उत्पादन...

दरबार मार्गमा महोत्सव हुँदै

आगामी वैशाख ३ गते राजधानीको दरबारमार्गमा दरबारमार्ग महोत्सव आयोजना हुने भएको छ।

वैशाख ३ गते 'दरबारमार्ग महोत्सव', नेपाली खाद्यान्न र संस्कृति प्राथमिकतामा

१५औं 'दरबारमार्ग महोत्सव' आगामी वैशाख ३ गते शनिबार आयोजना हुने भएको छ । महोत्सव आयोजना गर्न उद्योगी/व्यापारीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), दरबारमार्ग विकास बोर्ड, रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) र दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सहकार्य गरेका हुन् । गोरखा ब्रुअरीले सहप्रायोजन गरेको छ । दरबारमार्गको दक्षिणतर्फ महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालय गेटको ट्राफिक पोलसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा नेपाली स्थानीय उत्पादन