एफएनसिसिआई र एनसेलको सहकार्यमा दरबारमार्ग महोत्सव हुँदै

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि ‘स्थानीय उत्पादन...

सम्बन्धित सामग्री

‘दरबारमार्ग महोत्सव’ सम्पन्न

काठमाडौं (अस) । नयाँ वर्षको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको १५औं ‘दरबारमार्ग महोत्सव’ सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र एनसेलको सहकार्यमा आयोजना गरिएको महोत्सव शनिवार सम्पन्न भएको हो । महोत्सव आन्तरिक पर्यटनलाई ऊर्जा दिन सफल भएको आयोजक संस्था नेपाल रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेबान) र दरबारमार्ग विकास बोर्डको भनाइ छ । विगत ३ वर्षयता फैलिएको कोरोना महामारीका कारण पर्यटकीय कार्यक्रम नभइरहेको अवस्थामा महोत्सव ले पर्यटकीय क्षेत्र विस्तारै उठिरहेको सन्देश दिन सफल भएको आयोजकको दाबी छ । ‘यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो ऊर्जा दिएको छ,’ महोत्सवपछि आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सव करीब १ लाख दर्शकले अवलोकन गरेको बताइएको छ । महोत्सव महासंघका अध्यक्ष शेखर गोल्छाले उद्घाटन गरेका थिए । पछिल्लो समय मुलुकको जनसंख्याको ९० प्रतिशतले कोभिडविरुद्धको खोप लगाइसकेकाले जनजीवन सामान्य हुँदै गएको उनले बताए । महोत्सवले आर्थिक क्रियाकलापमा केही हदसम्म टेवा पुर्‍याएको उनको भनाइ थियो । ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’  नाराका साथ देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महामारीले अर्थतन्त्रलाई शिथिल पारेको अवस्थामा सहकार्यमा आयोजित महोत्सवले पर्यटन क्षेत्रलाई प्रोत्साहन गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए । महोत्सवले लघु उद्यमी, घरेलु, साना तथा मझौला व्ययसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रेरित गरेको उनको भनाइ थियो । महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठूला सबै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताइन् । रेबानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र बाह्य पर्यटन पुनरुत्थानमा सहयोग पुर्‍याउन महोत्सव महत्त्वपूर्ण रहेको बताए । महोत्सवमा विभिन्न गीतसंगीत, नेपाली खानाका परिकारका साथै मनोरञ्जनात्मक प्रदर्शनी गरिएका थिए ।

एफएनसीसीआई र एनसेलको सहकार्यमा १५औँ दरबारमार्ग महोत्सव हुँदै

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि काठमाडौंको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।

एफएनसीसीआई र एनसेलको सहकार्यमा १५औँ 'दरबारमार्ग महोत्सव २०७९' हुने

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौँमा सडक महोत्सव आयोजना हुने भएको छ। कोभिडले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य: ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारा सहित काठमाडौँको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो।