वैशाख ३ गते 'दरबारमार्ग महोत्सव', नेपाली खाद्यान्न र संस्कृति प्राथमिकतामा

१५औं 'दरबारमार्ग महोत्सव' आगामी वैशाख ३ गते शनिबार आयोजना हुने भएको छ । महोत्सव आयोजना गर्न उद्योगी/व्यापारीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), दरबारमार्ग विकास बोर्ड, रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) र दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सहकार्य गरेका हुन् । गोरखा ब्रुअरीले सहप्रायोजन गरेको छ । दरबारमार्गको दक्षिणतर्फ महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालय गेटको ट्राफिक पोलसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा नेपाली स्थानीय उत्पादन