निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतलाई गजेन्द्र हमाललाई मन्त्री नबनाउन भनेको दोहोर्याएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा प्रतिप्रश्नको जवाफ दिने क्रममा जबराले जेठान नाता पर्ने कांग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री नबनाउन भनेको बताएका हुन् ।