नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको नातासम्बन्धलाई लिएर चर्चा भइरहेका बेला हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै नाता सबैको हुने संक्षिप्त प्रतिक्रिया दिए ।
मन्त्री हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् ।
शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका छन् ।