राष्ट्रिय खेलकुदको मुखमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव गुरुङको अवकाश

पर्वत : प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यामा अवकाश पाएका छन्।६० वर्षे उमेर हदबन्दीका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन्। खुला प्रतिस्पर्धा मार्फत १९ महिना अघि प्रदेश खेलकुद परिषद् गण्डकीको स्थापनासँगै चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ति पाएका थिए।गण्डकी प्रदेशमा ३९ वर्ष पछि आयोजना हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाश सँगै प्रदेश खेलकुद परिषद् भने नेतृत्व विहीन हुन प

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव गौतम र दुई सदस्यले लिए शपथ

रुपन्देही । लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दाङका तिरण गौतम नियुक्त भएका छन् । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतमलाई प्रदेश खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त गरेको हो । बैठकले नियुक्त गरेको ३ जना सदस्यहरू मध्येबाट परिषद्को अध्यक्षका हैसियतले प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले सदस्य सचिव नियुक्त गरेका हुन् । प्रदेश खेलकुद परिषद् […]

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड पुस २६ बाट हुने

पर्वत : गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुस २६ गतेदेखि २८ गतेसम्म आयोजना हुने भएको छ।गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुसको दोस्रो साता सम्म सबै जिल्ला स्तरीय प्रतियोगिताहरू सम्पन्न गर्ने गरी निर्णयसमेत गरेको छ।उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरि

गण्डकीमा प्रदेशस्तरीय तीन दिने तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न

प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा आयोजित एवं नेपाल तेक्वान्दो सङ्घ गण्डकीको व्यवस्थापनमा तीन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । कोरियन प्रशिक्षक योङदल कोनको प्रशिक्षणमा सञ्चालित तालिममा गण्डकी प्रदेशअन्तर्गत सातवटा जिल्लाका ४३ जना प्रशिक्षक सहभागी थिए । प्रशिक्षणको समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुदका प्रतियोगितालाई वृद्धि गरी अतिसूक्ष्म तवरबाट …

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा सुरु भयाे खेलाडी प्रशिक्षण र छनाेट

कास्की – गण्डकी प्रदेशमा आउँदाे असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी १४ वटा खेलका लागि खेलाडी प्रशिक्षण र छनाेट सुरु भएकाे छ । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनाेट सुरु गरेकाे हाे । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कार्यक्रमकाे उद्घाटन गर्नुभयाे ।  पहिलो चरणमा भदौ ३ गतेदेखि १४ वटा खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनाेट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बाग्लुङमा सञ्चालन भएको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनु...

लुम्बिनी खेलकुद परिषद्‍मा सदस्य सचिव नियुक्तिको बाटो खुल्यो

रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार बनेदेखि नै कामविहीन बनाइएको प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिमा नियुक्ति गर्ने बाटो खुलेको छ । सरकारले अध्यादेश ल्याएसँगै ती क्षेत्रमा सरकारमा सहभागी दल निकटकालाई नियुक्त गर्न बाटो खुलेको हो । अघिल्लो सरकारले ती क्षेत्रमा गरेको नियुक्तिलाई हटाइएमा अदालतबाट पुनः आउनसक्ने आशंकामा सरकारले उनीहरुलाई सात महिनादेखि निस्क्रिय […]

ओली लुम्बिनीको सदस्य सचिव नियुक्त

काठमाडौं । तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम २०७८ साउन १ देखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् […] The post ओली लुम्बिनीको सदस्य सचिव नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

परिषद् सदस्य सचिव बन्न चारजना चर्चामा

गण्डकी प्रदेश खेलकुद विधेयक २०७७ विधेयकलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरिसकेका छन्। प्रमाणीकरणसँगै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव चयनमा बाटो खुलेको छ।