गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड पुस २६ बाट हुने

पर्वत : गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुस २६ गतेदेखि २८ गतेसम्म आयोजना हुने भएको छ।गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुसको दोस्रो साता सम्म सबै जिल्ला स्तरीय प्रतियोगिताहरू सम्पन्न गर्ने गरी निर्णयसमेत गरेको छ।उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरि