काठमाडौं : नेपाल विद्युत प्राधिकरणबाट प्रबन्ध निर्देशक कुलमान घिसिङ बिदा भएका छन्। मंगलवार उनलाई औपचारिक रुपमा उनको बिदाई गरिएको हो।
भदौ २८ मा चार वर्षे कार्यकाल सकिएका कुलमान घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले अर्को कार्यकालका लागि फेरि नियुक्त गर्न सक्ने अड्कलबाजी थियो। तर सोमबारको बैठकमा यस विषयमा छलफल भएन। योसँगै मंगलवार उनलाई प्राधिकरणमा कार्यक्रम आयोजना गरी बिदाई