सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले शपथ लिएका छन्।उनले मंगलबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पाँचदलीय गठबन्धनका माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।प्रदेश प्रमुख कलौनीले २१ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका शाहीलाई नियुक्त गरेर पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।यस अघिका मुख्यमन्त्री महेन्