दसैं–तिहारको बिदामा नातिनातिनीसहित घर आएकी कालीकोट खाडाचक्र–३ ताडीका रेसमा पाण्डे कात्तिक १४ गते विद्यालय खुलेपछि सुर्खेत गइन् । नातिनातिनी पढाउन एक वर्षदेखि सुर्खेत बस्दै आएकी ६२ वर्षीया रेशमालाई वैशाखको स्थानीय चुनावमा उम्मेदवारले गाडीको व्यवस्था गरेर सुर्खेतबाट भोट हाल्न कालीकोट ल्याए पनि यस पटक कसैले वास्ता नगरेकाले फर्किनन् ।