भोट खसाल्नका लागि घर आउनेको लर्को छ । जिल्लाभित्रै पनि सदरमुकाम सुनसानजस्तै छ भने गाउँमा निकै चहलपहल र रमाइलो । भारतमा मजदुरी गर्न गएका र अध्ययन, जागिर र विभिन्न पेसा व्यवसायको सिलसिलामा बाहिरी जिल्ला बस्दै आएकाहरू पनि मतदान गर्नकै लागि धमाधम गाउँ फर्किने क्रम बुधबारसम्म चलिरहेको छ ।