देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी, नारायणीमा चेतावनीको तह पार

काठमाण्डाै – लगातारको वर्षाका कारण देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी आएको छ । नारायणी, तिनाउ, गण्डकी नदीमा पानीको सतह लगातार बढ्दै  गएको छ भने अन्य खोला तथा खोल्सामा पनि बाढी आएको छ । नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । नारायणी नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि पुगेको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बाढी, डुबान तथा नदी कटान र इच्छाकामना गाउँपालिका लगायत ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । वाग्मती, गण्डकी र लु...

सम्बन्धित सामग्री

आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा

काठमाण्डाै - आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वतका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ । यस्तै, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भइ बहने केही साना नदी र खोलामा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो । यस्तै,...

सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा र प्युठानका नदी खोलामा बाढीको जोखिम

काठमाण्डाै - देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठान लगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास  भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोसी, गोगर...

१४ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम

काठमाण्डाै - अबको तीन दिनसम्म १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । महाशाखाका अनुसार अबको तीन दिन काभ्रे, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङका साना नदी तथा खोलामा बाढीको पूर्वानुमान गरिएको छ । यस्तै, म्याग्दी, बैतडी, डडेलधुरा र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने भएकाले यी जिल्ला भएर बहने नदी तटीय क्षेत्रममा सतर्कता अपनाउन आग्रह गरिएको छ ।  ग्राफ : बाढी प...

लगातारको झरीले नदी र खोलामा बाढी, खिम्ती खोलाले सतर्कता तह पार गर्यो

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । लगातारको झरीका कारण केही नदी खोलामा बाढी आएको छ । रामेछापको खिम्ती खोलाले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । खिम्तीको रसनालु जलमापन केन्द्रमा गएराति नै बाढीले सतर्कता तह पार गरेको आज बिहानसम्म उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो । महाशाखाले देशका अरु साना नदी तथा खोलामा पनि पानीको बहाव बढेकोले सावधानी अपनाउन भनेको छ । महशाखाका अनुसार दोलखा, रामेछाप, ...

तीन दिनसम्म १८ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा

काठमाण्डाै - आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने महाशाखाले जनाएको छ । यस्तै, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह ग...

काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी, खोलामा पानीको सतह बढ्याे

काठमाण्डाै – काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले काठमाण्डौको केही ठाउँमा ठूलो पानी परेकोले नदी तथा खोलामा पानीको सतह बढेको हो । विषेशगरी उत्तरी काठमाण्डौमा ठूलो पानी परिरहेको छ । पानीका कारण उपत्यकाका विष्णुमती, शेषमती, धोबीवीखोला मनोहरा लगायतका नदी तथा खोलामा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि खोला किनारमा बसोबास गरेका बस्तीभित्र बाढीको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नदी किनारमा बसोवास गर्नेलाई विशेष सावधानी अपनाउन आग्रह गरेको...

देशका विभिन्न नदी र खोलामा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - रातभरिको झरीले विभिन्न नदी र खोलामा बाढी आएको छ । रौतहटमा वाग्मती नदीले खतराको तह पार गरेको छ । चितवन र नवलपरासीमा नारायणी नदी, रुपन्देहीमा तिनाउ, कपिलवस्तुमा बाणगङ्गा, सिन्धुलीमा कोशी र वाग्मती नदीमा पनि पानीको सतह बढ्ने गरी ठूलो पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी, कोशी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । मौसमविद्का अनुसार अबको के...

नदी खोलामा बाढी : कुन नदीको अवस्था के ?

काठमाण्डौ – अविरल वर्षासँगै नदी र खोलामा बाढी आएको छ । नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा पानीको बहावले खतराको सङ्केत पार गरेको छ । पछिल्लो ६ घण्टामा चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएको र थप बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा हुनेहरूले भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश ...