तीन दिनसम्म १८ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा

काठमाण्डाै - आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने महाशाखाले जनाएको छ । यस्तै, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह ग...

सम्बन्धित सामग्री

आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा

काठमाण्डाै - आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वतका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ । यस्तै, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भइ बहने केही साना नदी र खोलामा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो । यस्तै,...

देशभर वर्षा‚ आज यी नदीमा बाढीको जोखिम

काठमाडौं : केही दिनदेखि सक्रिय मनसुनका कारण भएको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।शुक्रबार नारायणी र यसका सहायक नदीहरुमा पानी बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने महाशाखाले जनाएको छ। कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।यस्तै‚ कमला, बागमती, तिनाउलगायतमा नदीमा पानीको बहाब खतरा तह आस

सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा

वर्षायाम सुरु भएसंगै सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । तीनै तिरबाट सेती नदी र बाहुलीगाड खोलाले कटान सुरु गरेपछि जोखिम बढेको हो । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको छ । सदरमुकामको पुर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ ।