काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी, खोलामा पानीको सतह बढ्याे

काठमाण्डाै – काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले काठमाण्डौको केही ठाउँमा ठूलो पानी परेकोले नदी तथा खोलामा पानीको सतह बढेको हो । विषेशगरी उत्तरी काठमाण्डौमा ठूलो पानी परिरहेको छ । पानीका कारण उपत्यकाका विष्णुमती, शेषमती, धोबीवीखोला मनोहरा लगायतका नदी तथा खोलामा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि खोला किनारमा बसोबास गरेका बस्तीभित्र बाढीको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नदी किनारमा बसोवास गर्नेलाई विशेष सावधानी अपनाउन आग्रह गरेको...

सम्बन्धित सामग्री

महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

महोत्तरी, २८ जेठ । अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो । धाराबाट पानी वितरण हुँदै आएका स्रोतको मुहान सुकेपछि बर्दिबासका १४ वटै वडाका बस्तीमा घरघरै जडान गरिएका धारामा पानी आउन छाडेको छ […]

बर्दिबासको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको संकट

१३ वैशाख, महोत्तरी । घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ । ‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो’, बर्दिबास-९ पशुपतिनगर, झ्याकुलेटोलका […]

महोत्तरीमा फागुनमै सुक्न लागे खानेपानीका मुहान

२८ फागुन, महोत्तरी। यसवर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन् । सामान्यतया वैशाख÷जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् । महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन् । पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका […]

पानी नपर्दा सर्लाहीका किसान चिन्तित

सर्लाही : यो वर्षको हिउँद महिनामा पानी पर्न नसक्दा सर्लाहीमा सुक्खापन बढ्दै गएको छ। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी भेगका बस्ती उजाडिएका छन्। दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट बाँझो छन्। पानीको स्रोत र मुहान सुक्न थालेका छन्। यहाँ गत भदौदेखि पानी पर्न सकेको छैन।यतिखेर इनार, क

सर्लाही चुरे भेगका नागरिक फोहोर पानी पिउन बाध्य

सर्लाही : सर्लाहीको उत्तरी चुरे भेगका नागरिक फोहोर पानी पिउन बाध्य भएका छन्। बर्खाको भेलले खाने पानीको मुहान क्षतविक्षत बनाएपछि यस क्षेत्रका नागरिक फोहोर पानी पिउन बाध्य भएका हुन्। अहिले चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ।जिल्लाको उत्तरी चुरे भेगमा पर्ने भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, बिलन्दी, कोठीखोला टोल लगायतका क्षेत्रमा शुद्ध खानेपानीको सङ्कट भएको स्थानीयले गुनासो गरेका छन्।चुरे डाँडाका बस्ती र छेउछाउका बस्तीमा फागुन महिनाबाटै

महोत्तरीको उत्तरी क्षेत्रमा बढ्दै छ खानेपानी सङ्कट

महोत्तरी । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरी क्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानी खोल्सी, जरुवा, इनार […]

खानेपानीको हाहाकार, धमिलो पानीको भर (फोटो फिचर)

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, तुम्कोट गाउँका २५ घरपरिवार खानका लागि तुम्कोट कर्णाली नदीको धमिलो पानीले प्राण धान्नु परेको छ । लगातारको वर्षाद्ले पानीको मुहान बगाएपछि तुम्कोवासी एक भाँडा पानी लिन एक घण्टा पैदल हिँडेर नदी पुग्ने गरेका छन् ।

हुम्लामा बाढीबाट क्षति

सिमकोट – बाढीले हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–२ को तुम्कोटमा ठूलो क्षती पु¥याएको छ। बाढीले तुमकोटको एक होटेल, खानेपानीको मुहान, सिचाई कुलो र खानेपानीको धारामा क्षेती पुगेको हो। तुम्कोटका टेम्जोक दोर्जे लामाले राती आएको वर्षा सहितको बाढीले स्थानीयको होटेल भएको घरमा ठूलो क्षती पु¥याएको बताए। घरमा रहेको अन्नपात, भाँडाकुडा र लत्तकपडा पनि छोपिएका छन्। […]

चुरे विनासको असर : धनुषाका दर्जनौं गाउँमा खानेपानी हाहाकार

जनकपुरधाम : गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व-पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौ गाउँहरूमा खानेपानी हाहाकार भएको छ।नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँहरूमा पानीको समस्या चर्कंदै गएको हो।यहाँका मुहान धमाधम सुकेका छन्। स्थानीयवासीहरू धारा र कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन्। इनार, बोरिङ, हातेपाइप र पोखरी लगायतका अधिकांश पा

प्रकृति दोहनको असर : चैतमै सुके मुहान

चैत महिनामै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । धमाधम पानीका मुहान सुक्न थालेपछि उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् ।