खाेटाङकाे रावाबेसीमा नदी, खोलामा करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक

खाेटाङ - खोटाङको रावाबेसी गाउँपालिकाले नदी तथा खोलामा करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दूधकोसी र रावा खोलामा अवैध तरिकाले करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले बिहीवार हिजाे सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फाेटक पदार्थ प्रयोगमा रोक लगाएको हो ।  करेन्ट र ब्लास्टिङकाे प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यावरणमा क्षति पुग्ने भएकाले यस कार्यमा रोक लगाउनु परेको ...

सम्बन्धित सामग्री

माछा मार्न करेन्ट लगाउँदा आफ्नै ज्यान गयो

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ ।

बम, विष र करेन्टले माछा लोप हुँदै

चौतारा : सिन्धुपाल्चोकको सुनकोसी, भोटेकोसी, ब्रह्मायणी, इन्द्रावती, झ्याँडीलगायतका नदीमा बम, विष र करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि माछा लोप हुने स्थितिमा पुगेको छ।जलस्रोत ऐनमा बम, विष र करेन्ट लगाएर माछा मार्न नपाइने गरी बन्देज लगाइएको छ। बम, विष र करेन्ट प्रयोग नगर्न प्रशासनले ठाउँठाउँमा होर्डिङ बोर्ड राखी कारबाही गर्ने चेतावनी दिएको पनि पाइन्छ तर न माछा मार्ने काम रोकिएको छ, न त कुनै कारबाही नै।केही वर्षदेखि माछा मार्न १२ भोल्टको ब्याट्री प्रयोग गर्ने गरेकाले सबै किसिमका जलचर प्राणी सखाप

माछा मार्दा करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर : ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २५ वर्षीय विक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएको हो।सोमबार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको  इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।यसैगरी, झापाको अर्

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैल

माछा मार्न जाँदा करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार उक्त जिल्लाको लिशंखुपाखर गाउँपालिका वडा नम्बर ७ टिमुरेका १६ वर्षीय अमृत तामाङको मृत्यु भएको सिन्धुपाल्चाेक प्रहरीले बताएकाे छ । मृतक तामाङ र अर्का ७ वर्षीय बुद्ध तामाङ माछा मार्न भन्दै उनीहरूकाे घरभन्दा केही तल रहेकाे पाखरखाेलामा गएकाे स्थानीयले बताएका छन् ।   विद्युतकाे नाङ्गाे तारमा हुक गरेर खोलामा माछा मार्ने क्रममा विद्युत सर्ट हुँदा उनको घटनास्थलमै मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएक...

पाल्पामा विद्युतको करेन्ट लागेर एक जना महिलाको मृत्यु

पाल्पा । पाल्पामा माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् । घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको […]

करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

झापा : खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका–५ का ४० वर्षीय कविराज बुढाथोकी छन्।शनिबार दिउँसो दमक-५ स्थित दिपिनी खोलामा करेन्ट लगाएर माछा मार्न गएका बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा इलाका प्रहरी कार्यालय दमकको टोलीले

माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए । मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए । घटनाको सम्बन्धमा जिल्ला प्र

माछा मार्न लगाएको करेन्ट लागेर युवकको मृत्यु

दाङ : माछा मार्न लगाएको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-६ बागरका २९ वर्षीय गोविन्द सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।बागर खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सुनारलाई करेन्ट लागेको थियो। इलाका  प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार दिउसो करेन्ट लागेका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।