काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टादेखि भेटवार्ता चलिरहेको राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले थाहाखबरलाई जानकारी दिए। राष्टपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट मात्रै रहेको बताए।