नवलपरासी, २ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त स्थानीय तह घोषणाको तयारी गरेको छ । वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणको काम अगाडि बढाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए । नगरका १८ वटै वडा तहमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चितताको घोषणा गर्न आन्तरिक तयारी थालिएको […]