१९ वैशाख, रोल्पा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै रोल्पामा दलहरू आफ्ना प्रतिवद्धता र घोषणापत्रसहित प्रचारप्रसारमा लागेका छन् । नेपाली कांग्रेस रोल्पा नगरपालिकाले कानुनको शासनलाई पहिलो प्राथमिकतामा राखेर घोषणा पत्र जारी गरेको छ । उसले विकास र सम्वृद्धिको पहिलो शर्त कानुनको शासन भनेको छ । आवश्यकता र औचित्यतताको आधारमा नगर विकास […]
स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै विगत वर्षहरूमा भए गरेका विकासे कामहरूको चर्चा र उद्घाटन गर्न राजनीतिक दलका शीर्ष नेताहरू प्रतिस्पर्धामा उत्रिन थालेका छन् । अझ रोचक त के छ भने भ्यु टावरको उद्घाटनसँगै नेताहरूबीच विकासको गति र मोडलको स्वामित्व लिन होडवाजी नै चलेको छ । प्रमुख राजनीतिक दलका नेताहरू यिनै भ्यु टावर देखाएर आगामी निर्वाचनमा जनतासँग मत माग्दै पुन आफ्नो पार्टीलाई जिताउन मतदातासँग अनुनयविनय गरिरहेका छन् । प्रमुख राजनीतिक दलका नेताहरूमा देखिएको भ्यु टावर मोहलाई सामाजिक सञ्जालमा व्या
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसी केही दिनअघि जिल्लाको लिङदुङमा पुगेर विद्यालयद्वारा आयोजित कार्यक्रममा सहभागी भए । रोल्पा ‘क’ बाट प्रदेशसभामा निर्वाचित केसीले आफ्नो सरकारले गरेका कामको निरीक्षणसमेत गरे ।